| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • राष्ट्रिय

    गायक श्रेष्ठलाई सङ्गीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने

    काठमाडौँ/पाँच दशक भन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहनुभएका वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ । विसं २००७ मङ्सिर २६ गते सुनसरीको धरानमा जन्मनुभएका गायक श्रेष्ठले १८ वर्षको उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उहाँले…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यलय भरतपुरका भ्रष्ट र घुसखोरहरु माथी कडा कार्बाही होस्: आमसर्बसाधारण, कार्यलय प्रमुख भट्टराई जोगाउने खेल !

    चितवन/भ्रस्टाचार, घुसखोरी र अनियमितताको केन्द्रबिन्दुको रुपमा जिल्लामा डुङ्गडुङ्गती गन्हाएको चितवनको भरतपुरस्थित यातायात ब्यबस्था कार्यलयमा गत् शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यलय टंगाल काठमाडौंबाट खटिएको बिशेष टोलीले आकास्मिक छापा मारी कर्मचारीहरु कोही कसैलाई कतै भाग्ने उम्कने मौका नै नदिई कार्यालय प्रमुख बिष्णुकुमार भट्टराई र केही बिचौंलीयासहित कार्यालयमा उपस्थित सबैलाई किरिझ्याप पारेको हो । छापा मार्ने…

    Read More
  • उदयपुरको अमलचौरीमा दुई जनाको शव फेला

    मोरङ/उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो । उनले भने, ‘अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको छ ।’ आज (बुधबार) बिहान मञ्जुको शव…

    Read More
  • इजरायलद्वारा ६० लडाकु विमानबाट इरानमाथि आक्रमण,इरानले पनि गर्‍यो निरन्तर मिसाइल आक्रमण

    काठमाडौं/इजरायली सेनाले इरानको परमाणु र सैन्य अड्डाहरूलाई निशाना बनाएर ठूलो आक्रमण गरेको छ। इजरायली सैन्य प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले ६० वटा लडाकु विमानले मध्य इरानका ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको बताए। नतान्ज र फोर्डो जस्ता परमाणु केन्द्रहरूमा ठूलो क्षति पुगेको स्याटेलाइट तस्वीरहरूले देखाएको दाबी गरिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको शासनलाई ‘आधुनिक…

    Read More
  • अपराध/दुर्घटना

    चितवनका कन्सल्टेन्सीहरु ठगी र राजस्व लुटपाट धन्धामा !

    चितवन/शैक्षिक परामर्शका लागि भनि बग्रेल्ती खुलेका कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीको काम समेत गर्ने गरेको गुनासो बढेसँगै युवा तथा बिधार्थीहरु ठगिने क्रम बढेको आम गुनासो आईरहेको छ । ‘शैक्षिक परामर्श’ सञ्चालन गर्ने लगायतका अन्य उद्देश्य अनुरुप खोलिएका त्यस्ता केही ‘शैक्षिक परामर्श केन्द्र’ कन्सल्टेन्सीहरुले आफ्नो बिधान, उधेश्य र कम्पनीको मर्म बिपरित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारी आम सर्बसाधारणहरुबाट…

    Read More
  • मुख्य समाचार

    इजरायल–इरान युद्धको घेराभित्र सुरक्षा खोज्दै नेपाली

    काठमाडौँ/जब आकाश चिरेर क्षेप्यास्त्र भुइँमा झर्छ र बेजोडको आवाजले तेहरान सहर खलबलाइदिन्छ, तब हरि थापा त्रासले आत्तिन्छन्, श्रीमती र छोराको चिन्ताले पिरोलिन्छन् । तेहरानस्थित भारतीय दूतावासमा काम गर्ने उनीसँगै श्रीमती र छोरा छन् । ‘दिनमा त खासै डर हुँदैन । त्यति धेरै आवाज पनि आउँदैन । तर राति के हुन्छ भन्नेमा एकदमै डर हुन्छ,’ थापाले…

    Read More
  • खेलकुद

    नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

    काठमाडौँ/त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन । नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तरराष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा खेलाइएको यो नै पहिलो…

    Read More
  • चितवन सेरोफेरो

    जता जाँदा पनि मेरो क्रेज ०६४ को जस्तै देख्दैछुः प्रचण्ड

    चितवन/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बीचमा जाँदा पार्टीको इमेज धेरै बढेको पाएको दाबी गरेका छन्। चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको क्रेज बढेकै कारणले अहिले षड्यन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको बताए। उनले भने, ‘प्रचण्डको क्रेज मैले ०८४ मा जस्तो देखेको थिएँ। अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई मधेशमा हाम्रो लाखौँ मान्छेसँग प्रत्यक्ष…

    Read More
  • जनतामा छरिएका भ्रम चिर्न मन्त्री दाहालको आग्रह

    काठमाडौँ/भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका भ्रमहरु चिर्न आग्रह गर्नुभएको छ । देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम भइरहेकाले त्यस्ता तत्वलाई परास्त गर्न जरुरी रहेको उहाँले बताउनुभयो । मन्त्री दाहालसँग भेट गर्न आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (अनेरास्ववियु)को नेतृत्वलाई मन्त्री दाहालले सो आग्रह गर्नुभएको हो…

    Read More
  • राजनीति

    कानुन व्यवसायी परिषद् विधेयकः महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने

    काठमाडौँ/कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सरोकार भएकाहरूसँगको पर्याप्त छलफलपछि मात्र विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सो विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएका सदस्यसँगको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सरोकार भएका विज्ञको सुझावका आधारमा मात्र विधेयकलाई अगाडि…

    Read More