Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति गठन

    काठमाडौँ, ९ कात्तिक । सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो । उहाँले ढुङ्गा, बालुवा र…

    Read More
  • सिंहदरवार र ‘सिके राउतहरू’

    ‘संविधान दिवस’ का सन्दर्भमा जनकपुरमा सिके राउतले बोलेको कुरा यो देशलाई माया गर्ने, यो देशको सार्वर्भाम सत्ताको चिन्ता गर्ने कुनै पनि नेपालीलाई पच्न सक्ने कुरा थिएन । उनले जे बोले, यो देशको माटोमा जन्मेको कुनै पनि नेपाली नागरिकले बोल्ने त के सोच्नेसम्म कुरा थिएन । उनको भनाइ सोझै राष्ट्रघाती विखण्डनकारी दलाल चिन्तनप्रवृत्तिको उपज थियो ।…

    Read More
  • आइजी खनालको निर्देशन : आफू पनि राम्रो बन्नुस, मातहतलाई पनि राम्रो बनाउनुस

    काठमाडौँ( प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मातहतका प्रहरीलाई सुधार गर्न र आफू पनि राम्रो बन्न वरिष्ठ प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्। प्रहरी नायब महानिरीक्षक(डीआईजीमा बढुवा भएका प्रहरी अधिकारीलाई बिहीबार हेडर्क्वाटर बोलाएर खनालले त्यस्तो निर्देशन दिएका हुन्। अपराध अनुसन्धानमा लापरबाही तथा आचरण विपरित क्रियाकलापमा प्रहरीको संलग्नता बढ्न थालेपछि खनाल पछिल्लो समय दबाबमा छन्। हरेक व्यक्तिको काम गर्ने…

    Read More
  • निर्मला पन्त बलत्कार हत्या प्रकरण : अन्तत् एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

    काठमाण्डौ । निर्मला पन्त बलत्कार हत्या प्रकरणको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको…

    Read More
  • कोठामा बोलाएर किशोरीमाथि बलात्कार गर्न खोज्ने पुगे प्रहरी खोरमा

    ८ कात्तिक, काठमाडौं । एक किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी ति किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा…

    Read More
  • राजमार्गको खानामा चरम लापरवाही, अनुगमन गर्ने कस्ले ? खै कहाँ छ सरकार ?

      कार्तिक ८, भरतपुर । ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए।…

    Read More
  • नक्कली उजुरीकर्ता प्रयोग गरेर सिल लगाउँदै वाणिज्य विभाग

    काठमाडौं, ७ कात्तिक । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनको आडमा पसल सिल गरेर बार्गेनिङ गरी फाइदा लिने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । वाणिज्य विभागको टोलीले न्युरोडको एक मोबाइल मर्मत गर्ने सामान्य सटरमा गरेको सिलबन्दी प्रकरणले विभागको काममा शंका गर्ने ठाउँ देखिएको हो । गत असोज ११ गते उक्त मर्मत…

    Read More
  • नेकपाका अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

      चितवन। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम हुने भएको छ। नेकपा, जिल्ला पार्टी कार्यालयको आयोजनामा यही आउंँदो ११ गते भरतपुरमा सो क्रार्यक्रम गरिन लागेको हो । नेपालीहरुको महान चाड दिपावली, नेपाल संवत एवं छडको अवसर पारी शुभकामना आदान प्रदान गर्न लागिएको पार्टी कार्यलयले जानकारी दिएको…

    Read More
  • चितवनमा मागभन्दा एक तिहाइ मात्रै पेट्रोल

    चितवन,८ कात्तिक । दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ ।तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन । केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् ।जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

    Read More
  • घुस लिँदालिँदै सशस्त्र प्रहरीका हवल्दार रगेंहात पक्राउ

    ६ कात्तिक, जनकपुरधाम । जनकपुरमा घुस रकमसहित सशस्त्र प्रहरी बलका एक हवल्दार रगेंहातपक्राउ परेका छन् । भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै उनले ११ हजार नगद घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल र बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जनकपुरको कदम चोकबाट घुस रकमसहित सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर…

    Read More