Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    भरतपुरको मेयरमा रेणु दाहाललाई जिताएमा गठबन्धन बलियो हुन्छ : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको मेयरमा रेणु दाहाललाई जिताएमा गठबन्धन बलियो हुने बताएका छन्। पाँच दलीय गठबन्धनले आज बिहीबार भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय चुनावमा रेणुलाई भोट दिएर जिताउनुस्, जिताएको खण्डमा गठबन्धन बलियो हुन्छ,” प्रधानमन्त्री देउवाले भने। “गठवन्धनको विरोध गर्ने काम नगर्नुस्, पार्टीको हित गठवन्धनमै छ प्रधानमन्त्रीले भने।…

    Read More
  • चितवन सेरोफेरो

    गठबन्धन राष्ट्र र गणतन्त्रको आवश्यकता: प्रचण्ड

    चितवन/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन राष्ट्र र गणतन्त्रको आवश्यकता भएको बताएका छन् । आज बिहिवार भरतपुरको बसपार्कमा आयोजित पाँच दलिय आमसभालाई सम्बोधन गर्दै दाहालले येस्तो बताएका हुन् । उनलेे भने, “गठबन्धन राष्ट्र र गणतन्त्रको आवश्यकता हो ।” यो आवश्यकतालाई बुझिएन भने देश गम्भीर दुर्घटनामा जान सक्छ हाम्रो अवस्था के होला त्यो…

    Read More
  • चितवन सेरोफेरो

    रेणुलाई हामी जिताउँछौं, गठवन्धनको जित सुनिश्चित : जीतनारायण

    चितवन/नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले भरतपुर महानगरको मेयरमा रेणु दाहाललाई जिताउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन। चितवनको भरतपुर महानगरमा आज बिहिवार सत्ता गठबन्धनको सभामा बोल्दै श्रेष्ठले भरतपुरको मेयरमा रेणु दाहाल सहित गठवन्धनका उमेदवारहरुलाई जिताएरै छाड्ने बताएका हुन। उनले पाँच दलीय गठबन्धनको जित सुनिश्चित भएको भन्दै पाँच दलीय गठबन्धनले जित्ने कुरामा विश्वस्त हुन नेताहरूलाई…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरका बागी उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिन माधव नेपालको अनुरोध

    चितवन/भरतपुर महानगरपालिकामा मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनुरोध गरेका छन् । भरतपुरमा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले सो अनुरोध गरेका हुन् । नेपालले भने, ‘ भरतपुरमा कांग्रेसभित्र केही समस्या देखिएको छ । जसले पार्टी निर्णयविरुद्ध मेयरमा उम्मेदवारी दिनुभएको छ । उहाँले…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरलाई गर्व गर्न लायक सहर बनायौँ : रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिकाको हाकिमचोकमा भएको पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै  मेयरका उम्मेदवार रेनु दाहालले आफ्नो पहिलो कार्यकाल सफल भएको बताउनुभएको छ । दाहालले पाँच वर्षको अवधिमा चितवनको भरतपुरलाई गर्व गर्न लायक सहर बनाएको र यो अभियान चलिरहेको बताउनुभएको हो । ‘हामीले कास्टिङ मात्रै देखाएका हौँ, फिल्म देखाउन बाँकी छ, त्यसैका लागि मैले पुनः उम्मेदवारी…

    Read More
  • अपराध/दुर्घटना

    गठबन्धन र एमालेका कार्यकर्ताबीच झडपः ९ जना घाइते

    प्यूठान/गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको छ । प्यूठानको सरूमारानी गाउँपालिका ६ मा चुनाव प्रचारका क्रममा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलले संयुक्त कार्यक्रम सञ्चालन गरिरहेको स्थानमा एमाले कार्यकर्ताहरूले अभद्र व्यवहार गरेपछि दुई समूहबीच झडप भएको हो । झडपमा परी गठवन्धनका नौ जना युवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापाले जानकारी दिए…

    Read More
  • चितवन सेरोफेरो

    आज सत्ता गठबन्धनले भरतपुरमा चुनावी सभा गर्दै

    चितवन/आज चितवनको भरतपुर महानगरपालिकामा पाँचदलीय सत्तारुढ गठबन्धनले संयुक्त चुनावी सभा गर्दैछन् । सो आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै भरतपुर आइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका…

    Read More
  • मुख्य पृष्ठ

    नवलपरासीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

    नवलपरासी/गएराति नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । भएको झडपमा नेपाली कांग्रेसबाट गाउँपालिकामा अध्यक्षका उम्मेदवार लक्ष्मीदेवी पाण्डेसहित ४ जना घाइते भएका छन् । उम्मेदवार पाण्डे चढेको ग ३ च १६०६ नम्बरको गाडी पनि तोडफोड भएको छ । घाइतेलाई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि चितवन पठाइएको छ । पाण्डे २०७४…

    Read More
  • मुख्य पृष्ठ

    मतपत्र छपाइको काम सकियो,शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने

    काठमाण्डौ/आगामी ३० गते हुने पालिका चुनावका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । यसअघि नै पालिका चुनावका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो । लक्ष्य अनुसारको मतपत्र छपाइको काम सकिएको आयोगका उपसचिव ऋषिराम भुषालले जानकारी दिनुभयो । केही पालिकाको पुनः छाप्नुपर्ने भएकाले छपाइ भैरहेको आयोगले जनाएको छ…

    Read More
  • मुख्य पृष्ठ

    गोरखामा नेपाली कांग्रेसविरुद्ध आचारसंहिता उल्लंघन गरेको उजुरी

    गोरखा/गोरखामा नेपाली कांग्रेसका उम्मेदवारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालका अनुसार गोरखा नगरपालिका–१० मा मंगलबार आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको हो । उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ…

    Read More