Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आज राति १२ बजेदेखि मौन अवधि सुरु

    काठमाण्डौ/स्थानिय तह चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ…

    Read More
  • चितवन सेरोफेरो

    मतदान केन्द्रमा खटिएका म्यादी प्रहरीको हेलिकोप्टरमार्फत् उद्धार

    गोरखा/उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । म्यादी प्रहरी ५१ वर्षीय बेलबहादुर घलेको थप उपचारका लागि हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाडौँ लगिएको हो। उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत् बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याइ स्वास्थ्य चेक गरिए पनि…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका मतदान स्थलमा भोलिदेखि सुरक्षाकर्मी र कर्मचारी

    चितवन/भोलि मंगलबारदेखि चितवनका मतदान स्थलमा सुरक्षाकर्मी र कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार निर्वाचनका लागि आवश्यक सामग्रीसहित भोलि बिहानदेखि नै मतदान केन्द्रमा कर्मचारी खटिने भएको हो । ‘मतदान अधिकृतहरुलाई हामीले तालिम प्रदान गरिसक्यौँ । भोलि साढे ६ बजेदेखि मतदानका लागि आवश्यक पर्ने सामाग्री बुझेर मतदान केन्द्रमा खटिनुहुन्छ’, उनले…

    Read More
  • मुख्य पृष्ठ

    भोलि रातिदेखि मौन अवधि सुरु, नाका पनि बन्द हुने

    काठमाण्डौ/बैशाख ३० हुने पालिका चुनावको लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् । यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने…

    Read More
  • मुख्य पृष्ठ

    काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते

    रुकुम/रुकुम पश्चिमको मुसिकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते भएका छन् । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै आपसी विवादका क्रममा दुई पक्षीयबीच झडप हुँदा दुबै पक्षका गरी १० जना घाइते भएको बताए । मुसिकोटमा एमाले र काँग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपतिद्धारा दुई अध्यादेश जारी

    काठमाडौँ /राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नु भएको छ। राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् । राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई…

    Read More
  • चितवन सेरोफेरो

    चुनावी सभा सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली आज चितवन आउँदै

    चितवन/नेकपा एमाले चितवनको आयोजनामा आज हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदै हुनुहुन्छ । नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि चुनावी सभा सुरु हुदैछ । नेकपा एमालेको जनसभा र चुनावी तयारीबारे जानकारी दिने उद्देश्यले एमालेको जिल्ला प्रचार विभागले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी सभाको…

    Read More
  • मुख्य पृष्ठ

    सबै जिल्लामा पुग्यो मतपत्र

    काठमाडौं/आगमी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी…

    Read More
  • अपराध/दुर्घटना

    चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का ५ हजार धरौटीमा रिहा

    काठमाण्डौं/चुनाव चिन्ह विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए । पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको अटेरी अभियानका उम्मेदवारले सुरुमा लौरो चिन्ह रोजेका थिए । तर, आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको…

    Read More
  • पत्रपत्रिका/अन्य

    स्थानीय तह निर्वाचन : २४ प्रतिशत मात्र युवाको उम्मेदवारी

    काठमाण्डौं/स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिनुभएको छ । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर…

    Read More