Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • सुशीला सरकार भंग गर्न विप्लवको १० दिने अल्टिमेटम

    काठमाडौं/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्कीको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने ‘अल्टिमेटम’ दिएको छ । बुधबार शीतल निवास पुगेर महासचिव विप्लवले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सुधारका विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा जेन-जी आन्दोलनपछि राजनीतिक अन्योलता बढेको भन्दै विप्लवको पार्टीले सुशीला कार्की नेतृत्वको…

    Read More
  • कांग्रेसको महाधिवेशन केही समय धकेलिन सक्छ: शेखर कोइराला

    काठमाडौं/नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा मंगलबार (पुस ८) काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले भने, ‘नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।’ कांग्रेसको अधिवेशनबारे सबैमा चासो देखिएको भन्दै कोइरालाले महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित…

    Read More
  • भ्रष्टाचारीको महललाई खरानी बनाउन मलाई मान्छे मात्रै बन्न दिए पुग्छ-रवि लामिछाने

    चितवन/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मान्छे मात्रै बन्न पाए पुग्ने बताएका छन्। धरौटीमा रिहा भएर चितवन आइपुगेका लामिछानेले भरतपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफूलाई सांसद, मन्त्री नचाहिएको बताए। ‘म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। सांसद, मन्त्री बन्न त रोकौला मान्छे बन्न त दिन्छौ होला निरु,’ लामिछानेले भने, ‘मलाई…

    Read More
  • आमनिर्वाचन सफल पार्नुपर्नेमा जोड

    म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थानबिन्दु भएको बताउनुभयो । “देशमा जति धेरै अन्योल हुन्छ त्यति नै अर्थव्यवस्था र शासन प्रणाली कमजोर…

    Read More
  • निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

    काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेका बताउँदै केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेका बताउनुभएको छ । नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताउनुभयो । “घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज…

    Read More
  • रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ । आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा,…

    Read More
  • यस्तो बन्यो एमालेको सदस्यीय पदाधिकारी

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ । त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र…

    Read More
  • जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

    भजनी,(कैलाली)/ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक्त समाजको अपेक्षा गरेको बताउनुभएको छ । कैलालीको जानकी गाउँपालिकाले आज आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताउनुभयो । “हामी अहिले जनताको माझमा जाँदै गर्दा धेरै ठूलो अपेक्षा…

    Read More
  • रघुजी पन्तद्धारा उपाध्यक्षमा उम्मेदवारी

    काठमाडौं/नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार उम्मेदवारी दिएको उनले बताए । नेता पन्त केपी शर्मा ओली समूहमा थिए । ओली समूहले उनलाई समेटेर प्यानल बनाएन । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षमा भिड्दैछन् ।

    Read More
  • सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छः सचिव अर्याल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले महाधिवेशनमा अध्यक्षलगायत पदमा आकाङ्क्षीहरू हुनु सुखद पक्ष भएको उल्लेख गर्दै ती आकाङ्क्षीलाई महाधिवेशनका प्रतिनिधिले विधिसम्मत प्रक्रियाबाट हल गर्ने बताउनुभयो । सचिव…

    Read More