Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान!

    चितवन/लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उहाँले आव्हान समेत…

    Read More
  • गोरु बोक्ने ट्रकमा अन्य अवैध वस्तु तस्करीको आशंका।

    फाईल फोटो चितवन/गाईगोरुको निर्वाद रुपमा पश्चिम नेपालका भारतीय सिमावर्ती तराईका जिल्लाहरुको नाका हुँदै नेपालको बाटो भएर पुर्बी नाका झापाको काकडभिट्टा हुँदै पुनं भारतको पश्चिम बगांलको पानीटंकीको बाटो हुँदै बङ्गलादेशसम्म तस्करी भईरहेको छ । यो तस्करी बर्षौंबाट चलिरहेको छ । भारतीय मात्र होईन तस्करहरुले नेपालमै रहेका गाईगोरुलाई समेत यहि तरिकाबाट बङ्गलादेशसम्म तस्करी गराईरहेको बर्षौं बर्ष भैरहेको…

    Read More
  • प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

    काठमाडौँ/प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएको छ । प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्कनुभएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । उहाँलाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तरराष्ट्रिय…

    Read More
  • कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ/हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।…

    Read More
  • राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको शिष्टाचार भेट

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले आज शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताउनुभएको थियो । “यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन…

    Read More
  • १ अर्ब लगानीमा गोर्खामा मनकामना रिसोर्ट खुल्दै, दशैंदेखि सञ्चालनमा ल्याईने।

    चितवन/कुरिनटार/गोरखाको प्रख्यात धार्मिकस्थल मनकामना मन्दिर नजिकै करिब १ अर्ब बढीको लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न मनकामना रिट्रिट रिसोर्ट सञ्चालनमा आउने भएको छ । आगामी दशैंभित्रै सेवा सञ्चालन गर्ने गरी रिसोर्ट निर्माण सम्पन्न भइसकेको र सञ्चालनको निम्ती आवश्यक प्रबन्ध तयारी भैंरहेको मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय बहादुर मल्लले जानकारी दिनुभयो । रिसोर्ट निर्माण सम्पन्न…

    Read More
  • आज दर खाने दिन

    काठमाडौं/नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ…

    Read More
  • नेप्से परिसूचक १८ अङ्कले घट्यो

    काठमाडौँ/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो । आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ५४ करोड ८६ लाख…

    Read More
  • नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीचको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरूले अनुभव आदानप्रदान गर्नुका साथै सम्बन्ध विस्तारका विविध…

    Read More
  • नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत!

    काठमाडौँ/नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी करिडोर, कर्णाली करिडोर, महाकाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत प्रगति हासिल भएको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, राष्ट्रिय चुरे–तराईरमधेस संरक्षण र…

    Read More