गोरु बोक्ने ट्रकमा अन्य अवैध वस्तु तस्करीको आशंका।

फाईल फोटो

चितवन/गाईगोरुको निर्वाद रुपमा पश्चिम नेपालका भारतीय सिमावर्ती तराईका जिल्लाहरुको नाका हुँदै नेपालको बाटो भएर पुर्बी नाका झापाको काकडभिट्टा हुँदै पुनं भारतको पश्चिम बगांलको पानीटंकीको बाटो हुँदै बङ्गलादेशसम्म तस्करी भईरहेको छ । यो तस्करी बर्षौंबाट चलिरहेको छ । भारतीय मात्र होईन तस्करहरुले नेपालमै रहेका गाईगोरुलाई समेत यहि तरिकाबाट बङ्गलादेशसम्म तस्करी गराईरहेको बर्षौं बर्ष भैरहेको भएपनि यस बिषयमा गृहप्रशासन र मातहतका निकायहरु लगाएतका सम्बन्धित सरोकारवालाहरु मुखमा बुझो कोचे झै तैं चुप मै चुप भैं मुकदर्शक बनी चुपचाप बसिरहेका छन् ।

मुश्लिम समूदायका लागी मासुका निम्ती तस्करी हुने यस्ता गाईगोरु नेपालको कञ्चनपुर देखि कैलाली, बाँके,बर्दिया, कपिलबस्तुको कृष्णनगर र रुपन्देही तथा नवलपरासीका बिभिन्न खुल्ला नाका हुँदै छिमेकी देश भारतबाट नेपालमा खुलम खुल्ला तस्करी हुने गर्दछ । तस्करहरुले भारतबाट नेपाल प्रबेश गराएदेखि बाटो पर्ने सबै चौकी र जिल्ला प्रहरीका हाकिमहरुलाई हैसियत अनुसारको बिटो बुझाउदै भारत हुँदै बङ्गालादेशसम्म निर्वाद तस्करी गरिरहेको श्रोतको दाबी छ ।

बेलाबखतमा केही समय रोकिदै फेरी सञ्चालनमा आउने यो धन्धाको कमिशन प्रहरी हेडक्वाटर र गृहमन्त्रालसम्म पुग्ने गरेको श्रोतले जनाएको छ । श्रोतका अनुसार यसरी आउने ट्रकमा नेपाली राष्ट्रिय जनवार गाई र गोरुको खुलम खुल्ला तस्करी भईरहेपनि कानुन कार्यान्वयन गराउने राज्यको निकाय प्रहरी प्रशासन किन मुकर्दशक बनेको हो ? अब आफै कुरा बुझ्नुस ।

ति गोरुहरु कञ्चनपुर देखि कैलाली, बाँके,बर्दिया, कपिलबस्तु, रुपन्देही, नवलपरासी, नवलपुर, चितवन हुँदै मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा, सप्तरी, सुनसरी, मोरगं हुदैं झापाको काँकडभिट्टासम्म पुग्ने गर्दछन । झापा पुगेका ति गोरुहरुलाई काकँटभिट्टा लगाएतका नाका बाट पुनः भारतको पानीटंकी, सिलगुडी हुँदै बङ्गालादेशसम्म पुर्याउने गरेको बर्षौं भईसकेको छ ।

यस बिषयमा भण्डाफोर अभियान लगाएत देशैभरका मिडीयाहरुले यस अघि पनि पटक पटक समाचार प्रकाशन गरिरहे पनि न्यायलयसम्म पहँुच पुर्याएका माफिया र तस्करहरुले अदालतबाट समेत देशभित्र एकदेखि अर्को स्थानमा गाईगोरु लान ल्याउन पाईने ब्यबस्था आदेश समेत गराउन सफल भएकाले पनि यो धन्धा निर्वाद चलिरहेको हो ।
गाईगोरुको देशभित्र सबत्र लान ल्याउन पाईने ब्यबस्था गराउन सफल भएसँगै गिरोहले बाटो पर्ने प्रत्येक जिल्लाका प्रहरीका हाकीम, चौंकी प्रमुख, साथै युवाका नाममा रहेका चल्तापुर्ता दादाहरु र केही बिग मिडीयाहरुमा कार्यरत एकाध सञ्चारकर्मीलाई समेत सेटिङ्ग मिलाएको पाईएको छ । जिल्ला र मातहतका चौंकी ईन्चार्ज लगाएतका अन्य प्रहरीसँगको मिलेमतोमा निर्वाद तस्करी भईरहेको पाईएको श्रोतले जानाएको छ ।

तस्कर समुहका नाईकेहरुले पछिल्लो समय स्थानिय तह, क्वारेन्टाईन लगाएतमा कागजपत्र मिलाउनुका साथै प्रहरी प्रशासनसँग कुरा मिलाउदै गोरु भारतको उत्तराखण्ड र उत्तरप्रदेश नाका पार गरी पश्चिम नेपालबाट पुर्बपश्चिम लोकमार्ग हुँदै झापाबाट सिलगुडी हुँदै बङ्गालादेशसम्म निवार्द तस्करी बढाईरहेका छन् ।

हतियार, गोली, सुन वा लागुऔषध तस्करीको आंशका ।
यसरी, सयौंको सख्ँयामा गोरुमाथी गोरु र गोरु सङ्गै नेपालको राष्ट्रिय जनवार गाईलाई समेत ट्रकमा दुई तला बनाई राखीएको भएपनि प्रहरीले कुनैं कार्बाही गर्न नसकेको श्रोतको दाबी छ । श्रोतका अनुसार गाईगोरु सँगै तस्करहरुले हतियार, गोली, सुन वा लागुऔषध तस्करी गरिरहेको हुनसक्ने देखिन्छ । एक प्रहरीले दिएको गोप्य सुचना अनुसार गोरु बोक्ने ट्रक गाईगोरुका साथै अन्य अवैध सामग्री समेत तस्करी हुने गरेको छ ।

ठूला माफिया र तस्करहरुले गोरु बेक्ने ट्रकमा लागुऔंषध, सुन र हतियारको समेत तस्करी गरेकै कारण प्रत्येक खेपमा चौंकी चौकीमा बाँड्ने लाखौं रकम बााडेका हुन् नत्र कसरी सम्भव छ गाई गोरुको तस्करीबाट मात्र रोडमा त्यत्रो रकम बाँड्न एक पुर्ब प्रहरी अधिकृतले भने । गोरुहरूसँगै ट्रकको गोप्य भाग (फल्स बटम) लगाएतमा कानुनले बर्जीत गरेका अबैध सामानहरु समेत तस्करी हुने गरेको आम आंशका भएपनि प्रहरी प्रशासन किन कार्बाही गर्न सक्दैन ? ती पुर्व प्रहरीले भने ।

स्थानीय बासिन्दाहरूले पनि यस्तो किसिमको गतिविधि पछिल्लो समय बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । “हामीले धेरै पटक राति ढिलो गोरु बोक्ने ट्रकहरु यहाँबाट गुज्रेको देखेका छौं, प्रहरीलाई जानकारी दिँदा पनि कहिल्यै कारबाही हुँदैन,” भरतपुरका एक स्थानीयले बताए ।

तस्करीका लागि पशुहरूलाई आवरणको रूपमा प्रयोग गरेर हतियार, लागूऔषध, मदिरा, सुन वा अन्य प्रतिबन्धित वस्तुहरू भित्र्याउने गिरोह सक्रिय हुन सक्ने खतरालाई नजरअन्दाज गर्नु गम्भिर गल्ती हुनसक्छ यसतर्फ बेलैमा गृहप्रशासन, सरकार, अदालत र संसदको ध्यान जान आवश्यक छ ।