चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान!

चितवन/लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो ।

क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उहाँले आव्हान समेत गर्नुभयो । एउटा जोडी दर्ता गर्न पाँच हजार रुपैयाँ शुल्क लाग्ने बताउँदै उहाँले एउटै क्लबबाट एकभन्दा बढी समूह सहभागी हुन पाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “समूह जति पनि हुन सक्छ, तर प्रत्येक समूहले शुल्क तिर्नु पर्छ ।”

डिष्ट्रिक ३२५ आरभित्रका क्लब र क्लबको सदस्य अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ । उहाँका अनुसार दर्ता गर्दा नै क्लबको नाम, क्लब नम्बर प्रतियोगि खेलाडीको नाम र सदस्यता नम्बर समावेश गर्नु पर्दछ।
तोकिएको मापदण्डभन्दा बाहिरको खेलाडी पाईएमा प्रतियोगितामा समावेश नगरिने उहाँले बताउनुभयो । अध्यक्ष पन्तले भन्नुभयो “नियम बाहिरको खेलाडी भएमा प्रतियोगितामा सहभागी गराईदैन, तर दर्ता शुल्क पनि फिर्ता हुँदैन ।”

यो प्रतियोगिता जित हार मात्र नभई लायन्स क्लव बीचको मित्रता, एकता र आपसी भाइचाराको प्रदर्शन पनि भएको भन्दै सहभागी हुन अध्यक्ष पन्तले आग्रह गर्नुभयो। प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार र चौथो हुनेलाई १५ हजार रुपैयाँ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक नेपोभिट टायल रहेको छ । यो टायल नेपालको पहिलो टायल उद्योग हो । स्वदेशी लगानी, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर नेपालमा नै उत्पादन हुने यसले सबै प्रकारका टायल उत्पादन गर्दै आएको छ ।

नेपालमा यस उद्योगले टायल उत्पादन गरेसँगै अन्य विदेशी लगानीको उद्योग समेत नेपालमा आएका छन् । आयात प्रतिथापन गर्दै देशलाई टायलमा आत्मनिर्भर बनाउने कम्पनीको उद्देश्य रहेको कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारले बताउनुभयो ।