Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मौसम खुलेसँग आन्तरिक उडान सञ्चालन

    काठमाडौँ/अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान नियमित भएका छन् । प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानदेखि मौसममा सुधार आएको छ, अहिले हाम्रा नियमित…

    Read More
  • ७ हजार ४ सयले बढ्दा सुनको मूल्यले नाघ्यो २ लाख ३० हजार

    काठमाडौँ/नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो । दसैँको केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुचारु भएको छ…

    Read More
  • राज्यका सबै स्रोत नागरिकलाई जोखिमबाट बचाउनका लागि प्रयोग गर्छौंः प्रधानमन्त्री कार्की

    काठमाडौँ/प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताउनुभएको छ । देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गर्नुभएको हो । प्रधानमन्त्री कार्कीले जल…

    Read More
  • टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

    काठमाडौँ/नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट…

    Read More
  • नवरात्रको सातौँ दिन आज घर घरमा फूलपाती भित्र्याइँदै

    काठमाडौँ/प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष…

    Read More
  • अर्घाखाँचीमा जीप दुर्घटनाः दुईजनाको मृत्यु, २४ घाइते

    अर्घाखाँची/अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख…

    Read More
  • हंस सहकारीद्वारा बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न!

    चितवन/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बडादशैँ २०८२ को पावन अवसरमा आपसी सद्भाव, भातृत्व, एकता र सहकार्यलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना मन्तव्य राख्दै कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाकी अधिकृत एवम् संस्थाकी सेयर सदस्य रोजी केसीले सहकारी र स्थानीय सरकारबीचको सहकार्य अझै सुदृढ हुनुपर्नेमा…

    Read More
  • चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकैसाथ सञ्चालनमा

    चितवन/चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर १०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ्ग स्टोर सञ्चालनमा आएका हुन् । चितवन विजनेश कम्प्लेक्स होटल प्रा।लि। ९सिविसी० र चितवन विजनेशन मार्टले सञ्चालन गरेको सेल्सवेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको हो । चितवन…

    Read More
  • जनताको पक्षमा काम गर्दा सजायको भागिदार हुनुपर्यो: मेयर दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनताको पक्षमा काम गर्दा सजायको भागिदार भएको बताएकी छिन् । सोमबार गृह प्रवेशको क्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरपालिकामा विकास निर्माणको काम भएपनि समाजयको भागिदार भएको बताएकी हुन् । ‘रात दिन सर्मपित भएर जनताको पक्षमा ढंगले काम गर्दा खेरीको पुरस्कार राम्रै दिनुभएको छ । यसको पनि भोलिका दिनमा समिक्षा होला,’…

    Read More
  • खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका !

    चितवन, असोज ७,नेपालीहरुको महान् पर्व दसैँ एवम् तिहारको विशेष अवसर पारेर वर्ल्डलिङ्ककोे ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याइएको छ । आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धन गरिएको डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’बाट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिङ्कको बिल भुक्तानीमा भव्य र रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको हो । आगामी १२ हप्तासम्म चल्ने यस अभियानमा सेवाग्राहीहरुले खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी…

    Read More