Breaking News

जनताको पक्षमा काम गर्दा सजायको भागिदार हुनुपर्यो: मेयर दाहाल

चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनताको पक्षमा काम गर्दा सजायको भागिदार भएको बताएकी छिन् । सोमबार गृह प्रवेशको क्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरपालिकामा विकास निर्माणको काम भएपनि समाजयको भागिदार भएको बताएकी हुन् ।

‘रात दिन सर्मपित भएर जनताको पक्षमा ढंगले काम गर्दा खेरीको पुरस्कार राम्रै दिनुभएको छ । यसको पनि भोलिका दिनमा समिक्षा होला,’ मेयर दाहालले भनिन् ‘जनताको पक्षमा कम गर्दा सजायको भागिदार बनिदो रहेछ, पीडा छ ।’ उनले राम्रा काम गर्ने र नगर्ने व्यक्तिलाई एउटै नजरमा हेर्ने गरेको दुखेसो समेत पोखिन् ।

‘यहाँ बषौँदेखि अकुत सम्पती जम्मा गर्नेलाई केही पनि गरिएको छैन,’ उनले भनिन् ‘उपमेयरले के गर्नुभएको थियो त्यस्तो नराम्रो काम किन घर जलाईयो ।’ उनले बाह्य शक्तिले तोड्फोडका लागि आह्वान गरेपनि तोड्फोड गर्ने व्यक्ति भरतपुर बासी नै रहेको बताईन् । ‘नीजि तथा सरकारी सम्पती छेतबिच्क्षेत गरिएको भन्दै आगामी तोडफोड गर्नेहरुलाई काम गरेर देखाउने समेत बताइन् । उनले जेनजिको आन्दोलनलाई आफ्नो सहयोग भएपनि घुसपेट भएर तोडफोडमा उत्रिएको बताइन् । शिवनगर स्थित दाहालको घर जेनजि आन्दोलनका क्रममा भदौ २४ गते साँझ आगजनी गरिएको थियो ।