७ हजार ४ सयले बढ्दा सुनको मूल्यले नाघ्यो २ लाख ३० हजार
काठमाडौँ/नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो ।
दसैँको केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुचारु भएको छ । असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ ।
यसैगरी असोज १२ मा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ। आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।