| 
  • अपराध/दुर्घटना

    जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

    मेलम्ची/बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीमा हेलम्बु यातायातको बसको ठक्करबाट नुवाकोटका बासु बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ। मेलम्चीबाट जन्ती बोकेर काठमाडौंतर्फ आउँदै गरेको बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनापछि स्थानीयले बसमा तोडफोडसमेत गरेका छन्। दुर्घटनापछि बसका चालक फरार…

    Read More
  • अपराध/दुर्घटना

    चितुवाको छालासहित सुर्खेतबाट चारजना पक्राउ

    सुर्खेत,मंसिर ६/रासस बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ अछामका २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ दैलखका ३५ वर्षीय विमल शाही छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा बस दुर्घटनाः २९ जना घाइते

    लमही/दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका(३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा डोजर पल्टिँदा एक जनाको मृत्यु

    दाङ/दाङमा आज बिहान डोजर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । डोजर पल्टिँदा चालक दाङ‍ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो। यस्तै डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते हुनुभएको हो । बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क…

    Read More
  • अपराध/दुर्घटना

    श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमानसहित एकै परिवारका ६ जनाको दुर्घटनामा मृत्यु

    विहार/भारतको बिहारका लखिसरायमा श्रीमतीको दाहसंस्कार गरेर फर्किरहेका श्रीमानसहित एकै परिवारका ६ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । उक्त दुर्घटनामा चारजना गम्भीर रुपमा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा ज्यान गुमाउने ६ जना बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका नातेदार रहेका छन् । प्रहरीका अनुसार लालजित सिंहकी श्रीमती गीता देवीको अन्तिम…

    Read More
  • अपराध/दुर्घटना

    मुगुको सदरमुकाममा आगलागी हुँदा २१ वटा घर जलेर नष्ट

    मुगु/मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी हुँदा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । । गमगढीमा राति साढे १२ बजेदेखि लागेको आगो अहिले फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ। अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको…

    Read More
  • अपराध/दुर्घटना

    हत्यापछि सेफ्टी ट्याङ्कीमा शव, घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ

    झापा/झापाको गौरादह ५ चप्रमारीमा एक व्यक्तिको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला परेको छ ।  ४६ वर्षीय मबेसीर हुसेन मियाको शव सोही ठाउँका मोहम्मद सद्दामको घरको  सेफ्टी ट्याङ्कीमा भेटिएको हो । घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय मोहम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६…

    Read More
  • अपराध/दुर्घटना

    सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीका दुई वडा सदस्य पक्राउ

    सर्लाही/सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का दुई जना वडा सदस्य पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो । काम मिलाइदिन्छु भन्दै एक लाख ५० हजार रुपैयाँ घुस लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको…

    Read More
  • अपराध/दुर्घटना

    रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु

    रौतहट/रौतहटको झुनखुन्वाचोकमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गरुडाबाट गौर आउँदै गरेको भारतीय नम्बर प्लेटको कार शनिबार राति करिब १० बजेतिर यमुनामाई गाउँपालिका–४ झुनखुन्वाचोकको सडक किनारमा रहेको ठूलो खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक भएको अनुमान छ । तर, परिचय…

    Read More
  • अपराध/दुर्घटना

    कारागारमा झडप हुँदा ६८ जना कैदीको मृत्यु

    एजेन्सी/इक्वेडरको एक कारगारमा भएको झडपमा कम्तिमा ६८ जनाको मृत्यु भएको छ । दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शुक्रबार साँझदेखि सुरु भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका छन् । कारगारभित्र दुई समूहका बन्दीबीच झडप भएको थियो । सोही कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए । सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब…

    Read More