Breaking News
 | 
  • अपराध/दुर्घटना

    गोरुको मासु र खुट्टा लिएर चितवन आउँदै गरेका तीन जना पक्राउ

    चितवन प्रहरीले गोरुको मासु र खुट्टा लिएर चितवन आउँदै गरेका तीनलाई जना पक्राउ गरेको छ । आज बिहीबार दिउँसो ३ः३० बजेको समयमा प्रहरी चौकी जुगेडी चितवनबाट खटिएको प्रहरी टोलीले चितवनको नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नम्बरको अटोलाई रोकी चेकजाँच गर्नेक्रममा गोरुको मासु र खुट्टासहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरी प्रवक्ता डिएसपी…

    Read More
  • अपराध/दुर्घटना

    २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेर १ लाख ११ हजार राहत वितरण

    सिन्धुपाल्चोक/बागमती प्रदेश सरकारले २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेर १ लाख ११ हजार रुपैयाँ राहत वितरण गरेको छ । सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री बोकेर हेलिकप्टरबाट उडेका थिए । महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन अनुसार सो टोलीले…

    Read More
  • अपराध/दुर्घटना

    पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

    सप्तरी/पोखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा दुई जना बालिकाको मृत्यु भएको छ । नुहाउने क्रममा हिजो पोखरीमा डुबेर १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाको मृत्यु भएको हो । सात/आठ जना बालिकाहरू स्थानीय दीपक चौधरीको पोखरीमा नुहाउने गएको बेला रजनी र सेन्द्री पानीमा डुबेका स्थानीयले बताएका छन् । प्रहरीका अनुसार सेन्द्रीको…

    Read More
  • अपराध/दुर्घटना

    पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

    एजेन्सी/उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय लालको उपत्यकामा सो दुर्घटना भएको हो । मृत्यु भएका ११ व्यक्ति स्वात उपत्यकाको मट्टा तहसीलका बासिन्दा भएको बताइएको छ । उनीहरु यात्रापछि घर फर्किने…

    Read More
  • अपराध/दुर्घटना

    किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

    भक्तपुर/किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ । भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोलको पिसपुल रिसोर्टमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै १६ वर्षकी बालिकाले उजुरी दिएपछि प्रहरीले चाँगुनारायणका २७ वर्षका राज कटुवाललाई पक्राउ गरेको हो । पक्राउ परेका आरोपितमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    प्रेमको नाटक गरेर २५ लाख ठगी गर्ने युवती प्रक्राउ

    चितवन/प्रेमको नाटक गरेर २५ लाख रुपैयाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि चितवन प्रहरीले उनलाई पक्राउ गरेको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै गैँडाकोटकी २५ वर्षीय युवतीले झण्डै ५० वर्षको विवाहित…

    Read More
  • अपराध/दुर्घटना

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चितवनका ढकाल पक्राउ

    चितवन/चितवनको रत्ननगर नगरपालिका-१५ पिठुवा माधवपुर बस्ने ५४ वर्षीय भरत ढकाललाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत कास्कीको २०७१ फागुन २५ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराई दिने ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन भरतपुर…

    Read More
  • अपराध/दुर्घटना

    श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ

    पाँचथर/आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुष पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका–१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राईलाई ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल…

    Read More
  • अपराध/दुर्घटना

    ट्र्याक्टर दुर्घटनाः दुईको मृत्यु, ३१ जना घाइते

    संखुवासभा/संखुवासभामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालका अनुसार चैनपुर नगरपालिका १० दुम्कटामा शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४…

    Read More
  • अपराध/दुर्घटना

    गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

    एजेन्सी/गोली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको जापानका सञ्चारमाध्यमले जनाएका छन् । नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए । आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ…

    Read More