पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरी/पोखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा दुई जना बालिकाको मृत्यु भएको छ ।

नुहाउने क्रममा हिजो पोखरीमा डुबेर १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाको मृत्यु भएको हो ।

सात/आठ जना बालिकाहरू स्थानीय दीपक चौधरीको पोखरीमा नुहाउने गएको बेला रजनी र सेन्द्री पानीमा डुबेका स्थानीयले बताएका छन् ।

प्रहरीका अनुसार सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा र रजनीको कञ्चनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।