| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

    काठमाडौं/साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको थियानचिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमबार रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय सम्बन्ध र हितका विषयमा कुराकानी भएको छ । थियानचिनस्थित मेइक्याङ…

    Read More
  • बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

    काठमाडौँ/लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि निर्देशन दिइसक्नुभएको छ ।…

    Read More
  • प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन

    थियानजिन,(चीन)/प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । उहाँले सम्बोधनका क्रममा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राख्नुभएको थियो । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्नुभएको छ । चीनका राष्ट्रपति सी…

    Read More
  • कोशी ब्यारेजका ३४ ढोका खोलिए

    धरा/सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४ः०० बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएका छन् । दिउँसो ३ः०० बजे दुई लाख ४९ हजार १०५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा ३२ ढोका…

    Read More
  • सिडेनको अध्यक्षमा इन्जिनियर झा निर्वाचित

    काठमाडौँ/नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को केन्द्रीय अध्यक्षमा इन्जिनियर रविभूषण झा निर्वाचित हुनुभएको छ । सिडेनको आठौँ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार झाले दुई हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी इन्जिनियर धनेन्द्र केसीले एक हजार ५९७ मत प्राप्त…

    Read More
  • चितवनका दुई हात्ती कतार पठाइँदै

    चितवन/चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ । उहाँले…

    Read More
  • चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान!

    चितवन/लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आर अन्तर्गतका क्लबहरु सहभागी हुन पाउने छन् । सहभागीहरुलाई यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्न उहाँले आव्हान समेत…

    Read More
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौँ/राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ । त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नुहुनेछ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र…

    Read More
  • केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं/देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका…

    Read More
  • प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

    थियानजिन (चीन),/प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका दुई प्रधानमन्त्रीबीच आज भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र…

    Read More