Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • राजनीति सेवाका लागि हो भन्ने भावना हुनुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह

    गण्डकी/कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताउनुुभयो । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गरेका सन्दर्भमा पार्टीका महाधिवेशन, महासमिति, पालिका आदिमा नेतृत्व चयनमा…

    Read More
  • जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

    काठमाडौँ/प्रतिनिधिसभाका सांसदहरूले जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान गर्नुभएको छ । संसद्को आजको बैठकमा उहाँहरूले जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै गएको र यसको मुख्य असर कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा यस्ता समस्या समाधान हुने गरी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । आजको विशेष समयमा सांसद ठाकुरप्रसाद गैरेले वर्षाको समयमा मधेसमा सुक्खा क्षेत्र…

    Read More
  • किसानलाई मलको यथाशीघ्र व्यवस्था गर्न सांसदको माग

    काठमाडौँ/सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उहाँहरुको भनाइ छ । सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नपाएर देशभरिका किसानहरु समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिनुभयो । सांसद प्रभु…

    Read More
  • प्रतिनिधिसभामा बहुविवाह कानुनी बनाउने तयारीमाथि तीव्र विरोध

    काठमाडौँ/सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कानुनमा बहुविवाहका सम्बन्धमा हुन लागेको नयाँ व्यवस्थाको विषय उठान गर्दै विरोध जनाउनुभएको छ । जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिन लागेको भन्दै कडा आलोचना गर्नुभएको छ । उहाँले बहुविवाहको छुट पाउने विधेयकलाई महिला समानता र संविधानप्रदत्त अधिकारमाथिको कुठाराघात रहेको बताउनुभयो । “पहिलो पत्नीसँग…

    Read More
  • यी स्थानमा भारी वर्षा

    काठमाडौं/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई नजिक अवस्थित छ। देशभर पूर्णतया बदली रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका…

    Read More
  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गर्नुभयो । सो…

    Read More
  • पृथ्वीमानले पुर्‍याएको योगदान महत्वपूर्ण छः सभापति देउवा

    चितवन/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा त्याग, समर्पण र बलिदानी दिएको बताउनुभएको छ । उहाँको नवौँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले गुरुङको निवासमा आज आयोजना गरेको श्रद्धाञ्जलि सभामा उहाँले गुरुङ निष्ठावान् नेता भएको बताउनुभयो । गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेस चितवनका पूर्वसभापति गुरुङमा क्रान्तिकारीपन रहेको भन्दै सभापति देउवाले गुरुङले छोडेर…

    Read More
  • बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

    हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् । उनी बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायको पहिलो हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए । मुख्यमन्त्री लामाले…

    Read More
  • नेपाल अडिटर्स एसोसियसन (अडान)को २० औ स्थापना दिवसका अवसरमा कार्यक्रम

    पोखरा/नेपाल अडिटर्स एसोसियसन (अडान) को साउन २० गते मनाउँदै आइएको स्थापना दिवस(अडान डे)का अवसरमा देशैभर सप्ताहाव्यापी कार्यक्रम गर्ने योजना अनुरुप अडान कास्कीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत अडान कास्कीले साउन १६ गते बिहान मानव सेवा आश्रम हेम्जामा रहेका करिब १८० जना आश्रितहरूलाई भोजन गराउनुका साथै वेल वृक्षरोपण गरिएको हो । उक्त कार्यक्रम…

    Read More
  • अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री

    ललितपुर/प्रधानमन्त्री केपी शर्मा ओलीले वाम लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । नेकपा (एमाले) का अध्यक्षसमेत…

    Read More