Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अन्सारीको नागरिकतामात्र नक्कली नभएर शैक्षिक प्रमाणपत्रपनि नक्कली भएको खुलासा

    फागुन ८, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएको छ। अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि समितिले विभिन्न सरकारी निकायमा पत्राचार गरी वास्तविकता बुझ्ने निर्णय गरेको छ। मंगलबारको बैठकले अन्सारीका शैक्षिक प्रमाणपत्र र नागरिकता छानबिन गर्ने निर्णय गरेको समिति सभापति…

    Read More
  • ७८ लाख घुस लिने पूर्वआयुक्त पाठकमाथि छानबिन सुरु

      काठमाडौं /अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टातार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ । आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार…

    Read More
  • इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार

      काठमाडौँ – म्यानमार हुँदै इराक लैजान लागिएका १७९ नेपालीलाई भारतबाट उद्धार गरेर नेपाल फर्काइएको छ । नेपाल सरकार र माइती नेपालको विशेष सक्रियतामा भारतको मणिपुरबाट १४७ जना महिला र ३२ जना पुरुषको उद्धार भएको हो । पाँचवटा भारतीय बसमा राखेर मंगलबार बिहान उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्काइएको हो । काँकडभिट्टास्थित मेची भन्सार…

    Read More
  • पाँच प्रदेश मन्त्रीले लिए दोहोरो सुविधाः इन्धनबापतको रकम खल्तीमा, मन्त्रालयबाट तेल

    कास्की – गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो । मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई…

    Read More
  • बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

      जनकपुरधाम – बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त मगरलाई सार्वजनिक गरेको हो । उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका–२ दुहबीबाट सोमबार पक्राउ गरेको थियो । बटेश्वर गाउँपालिका–४ बैगाली टोल बस्ने हम्ली डन भनिने…

    Read More
  • संसद् सचिवालयको ‘लुट’ धन्दा : थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे देखिए

    काठमाडौं – संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ। प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका…

    Read More
  • भरतपुर महानगरकी उपप्रमुख शाहलाई सामाजिक संञ्जालमार्फत धम्की

      फागुन ७, भरतपुर। भरतपर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संञ्जालमार्फत धम्की आएको छ । महानगरपालिका उपप्रमुख सचिवालयको फेसबुक म्यासेन्जरमा युवा संघ र अनेरास्ववियु क्रान्तिकारीको हवला दिदै शाहलाई अंगभंग गर्ने धम्की आएको हो । आज मंगलबार बेलुका उपप्रमुख शाहले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी घटनाको बिषयमा जानकारी दिएकी हुन । अनेरास्ववियू क्रान्तिकारी एन पिआई…

    Read More
  • प्रधानमन्त्री ओलीलाई राप्रपाको २२ बुँदे मागपत्र पेश : संघीयतामा जनमत संग्रह गर्नुपर्ने माग

    शंकर निर्देश /भरतपुर / फागुन ७ /राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो । देशैभर माग पत्र बुझाउने केन्द्रिय कार्यक्रम अनुसार यता चितवनमा पनि प्रमुख जिल्ला अधिकारीलाई विभिन्न २२ बुँदे माग पत्र बुझाईएको छ ।…

    Read More
  • जनप्रतिनिधिद्वारा चितवनको थानखोलाको अनुगमन

      प्रनिश थापा । चितवन , ७ फागुन । पुर्वी चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक एवम् अन्य सरोकारवालाहरु ले थानखोलाको अनुगमन गरेका छन् । आफूहरुले नदीजन्य तथा खानीजन्य ९ढुंगा, गिटी, बालुवा० पदार्थको उत्खनन, संकलन, भण्डारण र बिक्रीका लागि अनुमति दिएको कहीँकतैबाट गुनासो नआएपनि आफूहरुले स्वःस्फूर्त रुपमा जिम्मेवारी वहन गरी अनुगमन गरेको मेयर…

    Read More
  • तरकारी नबिकेपछि ट्रयाक्टर लगाएर बारीमै नष्ट

    धादिङ/ उपभोक्ताले बजारमा मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बिचौलिया व्यापारीले प्रतिकिलो तीन रुपैयाँमा पनि नलगेपछि बेनीघाट रोराङ, ५ विशालटारका किसानले तरकारी बारीमै नष्ट गरेका छन् । बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि उनीहरुले बारीमा ट्रयाक्टरले जोतेर तरकारी नष्ट गरेका हुन् । महिनौँ मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको…

    Read More