Breaking News

माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु

पाल्पा/माछा मार्ने क्रममा करेन्ट पाल्पामा लागेर दाजुभाइको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

हिजो बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।