Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    अभिनेता पल शाहविरुद्ध बलात्कार सम्बन्धी अर्को जाहेरी

    चितवन /अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी परेको छ । इलाका प्रहरी कार्यालय, गैंडाकोटमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् । प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसीबारे व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषदको बैठक बस्दै

    काठमाडौं/अमेरिकी सहयोग परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषदको बैठक संसद भवन बानेश्वरमा बस्दै छ । बैठक संघीय संसद भवनको ल्होत्से हलमा मन्त्रिपरिषद‍्को बैठक बस्‍ने तयारी भएको स्रोतले बतायो । । यसअघि आजै बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको…

    Read More
  • Uncategorized

    निर्देशक तथा निर्माता सुदर्शन थापा प्रहरी नियन्त्रणमा

    काठमाडौँ/सोधपुछका लागि चलचित्र निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभिनेता पल शाहविरुद्ध बुधबार जबरजस्ती करणीसम्बन्धी उजुरी परेको थियो । यही उजुरीमाथि छानबिनका क्रममा काठमाडौँको बानेश्वर प्रहरी वृत्तले थापालाई नियन्त्रणमा लिइएको हो । उनी पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता हुन् । त्यस्तै, अभिनेत्री तथा…

    Read More
  • बिश्व/बिचित्र

    युक्रेनको राजधानी किभका सडकमा भिडन्त सुरु

    एजेन्सी/युक्रेनको राजधानी किभका सडकमा भिडन्त भइरहेको छ । किभमा प्रवेश गरेको रुसी सेनासँग सडकमा भिडन्त सुरु भएको र युक्रेनी सेनाले प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ । सडकमै भिडन्त सुरु भएपछि युक्रेनका अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् । रुसको भीषण बम र गोलाबारीबीच राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससामु कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका…

    Read More
  • मुख्य पृष्ठ

    भोली बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी बारेको छलफल

    काठमाण्डौ/भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकि सहयोग परियोजना एमसीसी संझौता माथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले भोली बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नुहुने छ भने अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी…

    Read More
  • बिश्व/बिचित्र

    युक्रेनमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न माग

    काठमाण्डौं/युक्रेनमा सुरक्षा जोखिममा रहेका विद्यार्थीहरु तथा सम्पूर्ण नेपाली नागरिकहरुको उद्धार गर्न अनेरास्ववियू (क्रान्तिकारी) ले सरकारसँग माग गरेको छ । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा रुस–युक्रेन तनावले युद्धको रुप लिएपछि युक्रेनमा उत्पन्न परिस्थिति र बढ्दै गएको सुरक्षा खतरा तथा त्यसबाट नेपाली विद्यार्थी लगायत त्यहाँ रहेका नेपाली समुदायमा परेको संकट प्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण…

    Read More
  • मुख्य पृष्ठ

    आज देशभरको मौसम बदली रहन

    काठमाण्डाै/जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा मौसम बदली रहने जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । महाशाखाले सुदूर पश्चिम र कर्णाली प्रदेशका भू–भागमा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने बताएको छ । आज दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी,…

    Read More
  • अपराध/दुर्घटना

    भारतीय नक्कली रुपैयाँसहित तीन जना पक्राउ

    काठमाडौं/प्रहरीले भारतीय नक्कली रुपैयाँसहित तीन भारतीय नागरिकलाई विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्णियाथाना ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनीको सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन् । विराटनगर—१३ स्थित नहरचोकबाट सिआरभी जतुवाको टोलीले नियमित जाँचका क्रममा टेम्पोमा सवार उनीहरू प्रहरीले पक्राउ गरेको हो…

    Read More
  • मुख्य पृष्ठ

    १२ वर्षीया बालिका बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ

    विराटनगर/१२ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे टोलकी–१२ वर्षीय करूणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो । बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या गरेको मोरङ प्रहरी प्रमुख जर्नादिन जिसीले बताए…

    Read More
  • मुख्य पृष्ठ

    थप २ सय ७५ जनामा कोरोना संक्रमण

    काठमाण्डौ/देशभर पछिल्लो २४ घण्टामाथप दुई सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो यस्तै थप पाँच सय ५५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको…

    Read More