Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • बिश्व/बिचित्र

    अफगानिस्तानमा बम विस्फोट हुँदा १० को मृत्यु, १५ जना घाइते

    एजेन्सी/अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोटमा परी १० जनाको मृत्यु भएको र १५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं/हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिवार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित…

    Read More
  • मुख्य पृष्ठ

    उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान

    काठमाण्डौं/यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ । शुक्रबार निर्वाचन आयोगले उजुरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली…

    Read More
  • मुख्य पृष्ठ

    आज मातातीर्थ औँसी

    काठमाण्डौ/हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन मनाइने मातातीर्थ औँसी आज श्रद्धा भक्तिकासाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरका बागी जगन्नाथ पौडेल कांग्रेसबाट निष्काशित

    चितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल पार्टीबाट निष्काशित भएका छन्।पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिएपछि उनी पार्टीबाट निष्काशित भएका हुन्। स्थानीय तह निर्वाचनका लागि उनले गठबन्धनका साझा उम्मेदवार रेनु दाहालविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका छन्। नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आग्रह…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ७१ जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको हो । यस्तै थप १९ जना निको भएसँगै कोरोना सङ्क्रमणका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ४३ जनामा झरेको छ…

    Read More
  • मुख्य पृष्ठ

    मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य

    काठमाण्डौ/रासस/निर्वाचन आयोगले पालिका चुनावमा लागि सात सय ७३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रबन्ध गर्न लगाएको छ । मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामेराको प्रबन्ध गर्न आयोगले निर्देशन दिएको हो । यस प्रयोजनका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै पालिकालाई…

    Read More
  • अपराध/दुर्घटना

    युवक अपहरण गरी बन्धक बनाएको आरोपमा ५ जना पक्राउ

    काठमाडौं/एक जना युवकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा प्रहरी परिसर, काठमाडौंको टोलीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई सिनामंगलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको…

    Read More
  • अपराध/दुर्घटना

    अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

    चितवन/प्रहरीले करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–१ परेवाकोटबाट सोही नगरपालिका–३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रबार बिहान पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः पहाडी भूभागमा आंशिक बदली

    काठमाडौं/हाल देशको पहाडी भूभागका केही स्थानमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रवार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, राती…

    Read More