अफगानिस्तानमा बम विस्फोट हुँदा १० को मृत्यु, १५ जना घाइते

एजेन्सी/अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ ।

काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोटमा परी १० जनाको मृत्यु भएको र १५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

तस्बिरः बैङ्कक पोस्ट