Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

    काठमाण्डौं/सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई अदालतको मानहानी मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ पछि जारी आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने…

    Read More
  • मुख्य पृष्ठ

    थप २२६ जनामा कोरोना संक्रमण

    काठमाडौं/नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएके छ…

    Read More
  • मुख्य पृष्ठ

    जनपत्रकार संगठन नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलन सम्पन्न

    जनपत्रकार संगठन नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । आइतबार काठमाडाैँमा सम्पन्न भएको सम्मेलनले शेर बहादुर विश्वकर्माकाे अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा मगर (विषम) को प्रमुख आतिथ्यतामा भएको सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलाे बैठकले पदाधिकारी चयन गरेको छ । जसमा अध्यक्ष शेर…

    Read More
  • मुख्य पृष्ठ

    हरितालिका तीजः आज दर खाने दिन

    चितवन/। महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा ‘प्रचण्ड’ को चुनावी कमाण्डर रेनु दाहाल

    चितवन/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर रेनु दाहाल तोकिएकी छन्। आइतबार बसेको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकले रेनुलाई चितवन क्षेत्र नं ३ को जिम्मेवारी दिएको हो। प्रचण्ड चितवन क्षेत्र नं ३ का सांसद हुन्। मंसिर ४ मा हुने संसदीय चुनावमा उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा…

    Read More
  • पत्रपत्रिका/अन्य

    मोबाइल फोनको पहुँचले बढ्यो बालविवाह

    रुकुम/हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ । सूचना प्रविधिको पहुँचले बालविवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई सहयोग पुगेको…

    Read More
  • मुख्य पृष्ठ

    देशका केही स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौं देशै भरी आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता

    चितवन/नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् । आज ९आइतबार० अपरान्ह ५ः३५ बजेको समयमा नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नं.को स्कुटर रोकि चितवनको भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट पहिचान नखुलेको अन्दाजी ३० वर्षीय पुरुष हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि चितवनका विद्यालय एक साता बन्द

    चितवन/आजदेखि चितवनका सामुदायिक विद्यालय एक सातासम्म बन्द गर्न नेपाल विद्यालय कर्मचारी परिषद् चितवनले निर्देशन दिएको छ । परिषद्ले नेपाल शिक्षक महासंघ तथा आबद्ध घटक संस्थाहरुलाई विज्ञप्ति मार्फत परिषद्को आन्दोलनको कार्यक्रम अन्तर्गत एक साता विद्यालय बन्द गर्न भनेको हो । तलबमा विभेद गरिएको भन्दै चरणवद्ध आन्दोलनमा रहेको परिषद्को निर्देशन अनुसार १२ देखि १८ गतेसम्म जिल्लाका सबै…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी

    चितवन/चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ । आज बिहान करिब ६ः४५ बजे लेदोसहितको पहिरो खसेपछि बाटो एकतर्फी अवरुद्ध भएको हो । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यो वर्ष केराबारीमा पहिरो झरेर धेरै पटक बाटो अवरुद्ध भएको छ ।

    Read More