Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/आज प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नेपालको मनसुनमा हाल…

    Read More
  • पत्रपत्रिका/अन्य

    शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी गएका १३ जना

    काठमाण्डौं/कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो। तिलाकर्णाली र कुकुर खोला दोभानमा…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी

    काठमाण्डौ/प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दर्ता गराउनुभएको हो । देउवाको नागरिकतामा जन्ममिति २००३ जेठ ३१ गते रहेको र मतदाता नामावलीमा २००२ जेठ ३१…

    Read More
  • मुख्य पृष्ठ

    डेङ्गी संक्रमणका कारण अहिलेसम्म ४४ जनाको मृत्यु

    काठमाण्डौ/डेङ्गी संक्रमणका कारण नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ ।गएको साउनदेखि अहिलेसम्म ३३ हजार नौ सय ७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ

    चितवन/प्रहरीले चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । नौ जनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।अन्यको खोजी कार्य…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

    काठमाण्डौं/आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० फणीन्द्रमणि पोखरेलले प्रतिनिधि सभा र…

    Read More
  • मुख्य पृष्ठ

    आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाण्डौं/आज सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास…

    Read More
  • मुख्य पृष्ठ

    बाढीपीडितको उद्धारमा खटिएर फर्किएका दुई सशस्त्र प्रहरीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु

    दाङ/दाङमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए । उनीहरुको उपचारको…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि दसैँको टीका लगाउने क्रम जारी

    काठमाण्डौं/आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम भोलि पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। साथै दसैँको…

    Read More
  • मुख्य पृष्ठ

    नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा

    नवलपरासी/रासस/बुधबार रातिदेखि परेको अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन् । पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकका अनुसार वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका हुन् । गैँडाकोट मा ८०, मध्यविन्दुमा…

    Read More