Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • मुख्य पृष्ठ

    नेपाल र चीन विश्वासिला विकासका साझेदार हुन् स् प्रधानमन्त्री

    काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताउनुभएको छ । चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आयोजित विशेष समारोहमा उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झाङ्गिँदै गएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा…

    Read More
  • चितवन सेरोफेरो

    खिचरा महोत्सव सुरु

    चितवन/थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर शनिबारदेखि चितवनको खैरहनी ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री लामाले कला संस्कृति जगेर्ना गर्न थारु समुदायले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । आदिवासी थारु समुदायको मौलिक रहन सहन, पोशाक र परिकारहरु प्रबद्र्धनले…

    Read More
  • चितवन सेरोफेरो

    बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

    चितवन/देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी पुगेको थियो । बेनीमा गलेश्वर आश्रममा गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर…

    Read More
  • चितवन सेरोफेरो

    ड्राइभिङ स्कुल संघ नेपालमा गुरूङ निर्वाचित

    भरतपुर/ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरूङ निर्वाचित भएका छन् । भरतपुरमा सम्पन्न पाँचौँ महाधिवेशनबाट अध्यक्षमा गुरूङ निर्विरोध निर्वाचित भएका हुन् । गुरूङ स्किल ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालिका सञ्चालक एवं संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले यसपटकको नेतृत्व चितवनले पाउनुपर्ने भन्दै छलफल तीव्र बनाएपछि निर्विरोध हुन सफल भएको महाधिवेशन संयोजक राजाराम परियारले जानकारी…

    Read More
  • चितवन सेरोफेरो

    जथाभावी चुरे दोहनले सिमान्तकृत चेपाङ समुदाय संकटमा

    चितवन/सीमान्तकृत चेपाङ जाति परम्परागत बसोबास क्षेत्रको जल, जमिन, वन जंगल, खानी, चरण, जैवीक विविधतामा रमाउन चाहने समुदाय हो। केही चेपाङ समुदाय जंगली कन्दमुलकै भरमा जीविका निर्वाह गरेको पाइन्छ। तर, पछिल्लो समयमा विभिन्न ठाउँमा उत्खनन गरिएका खानीका कारण यो समुदाय विस्तापित हुने अवस्थामा आएको चेपाङ अगुवाहरू बताउँछन्। चितवन, मकवानपुर र धादिङका चेपाङ समुदाय ढुंगा खानी र…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगर महोत्सवमा जिप सफारी: पर्यटन विकासका लागि धार्मिक स्थलहरूको यात्रा

    चितवन/चितवनको पूर्वी क्षेत्रस्थित रत्ननगर टिकौलीचौरमा जारी रत्ननगर महोत्सवमा पर्यटन विकासका लागि धार्मिक स्थलहरुसम्म जिप सफारी सञ्चालन गरिएको छ । रत्ननगर नगरपालिकाभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्र प्रवर्द्धनका लागि धार्मिक जिप सफारी सुरु गरिएको हो । रत्ननगर नगपालिकासँगको सहकार्यमा महोत्सवअन्तर्गतको पर्यटन प्रवर्द्बन समिति र पञ्चनदी जलाधार क्षेत्र संरक्षण समितिले संयुक्त रूपमा धार्मिक जिप सफारी सञ्चालन गरिएको संघका…

    Read More
  • चितवन सेरोफेरो

    माघे संक्रान्तिको अवसरमा नारायणगढ–मुग्लिन सडकः आज र भोलि दिउँसो खुल्ने

    भरतपुर,पुस २९/नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक…

    Read More
  • चितवन सेरोफेरो

    कालिकामा भिडियो एक्सरे सहितको नि:शुल्क स्वास्थ्य शिविर

    कालिका,पौष २९/चितवनको कालिका नगरपालिका वडा नम्वर ११ मा एक्सरे सहितको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कालिका नगरपालिका वडा नम्बर-११ को आयोजना तथा कालिका नगरपालिकाको सहकार्य रहेको सो शिविर मानव बिकास तथा सामुदायिक सेवा ललितपुरद्वारा संचालित स्वास्थ्य सुधार परियोजना चितवनको आर्थिक सहयोग तथा रत्ननगर-१४ स्थित गुन्जमान सिंह अस्पतालको प्राविधिक सहयोगमा संचालन भएको हो। शिविरमा…

    Read More
  • चितवन सेरोफेरो

    मेघौलीमा हंसको सहकारी शिक्षा

    भरतपुर–१, शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम भरतपुर २८ , जीतपुर मेघलीमा शुक्रबार सम्पन्न गरेको छ । सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा, बचत र ऋण कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषयमा जानकारी दिने उद्धेश्यले सहकारी शिक्षा कार्यक्रम गरिएको संस्थाका…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगर प्रमुख दाहालद्धारा पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुटबारे २ विकल्प प्रस्तुत

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँगको छलफलमा प्रमुख दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प…

    Read More