Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कालिका नगरपालिकाको नयाँ बजेटः किसानलाई कम शुल्क, स्वास्थ्य सेवा विस्तार

    नारायणगढ,(चितवन)/चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ करोड सात लाख २० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न सातौँ नगरसभामा उपप्रमुख बिमला तामाङले रु सात करोड आन्तरिक आम्दानी र सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई आधार मानेर बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई…

    Read More
  • बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल

    काठमाडौं/सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू छलफल जुटेका हुन् । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का, महामन्त्री गगन थापा सहभागी…

    Read More
  • लागू औषध सहित ४ जना मानिस पक्राउ

    मिति २०८२।०३।०३ गते अं.१८:०० बजेको समयमाजिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०८ सिमलचौर स्थित प्रतिभामार्गमासवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मो.सा. र ग १४ प ३३५९ नम्बरको मो.सा.मा सवारनिम्न ४ जना व्यक्तिहरूको साथबाट लागूऔषध Tapentadol Tablets-१००mg लेखिएको १०५०…

    Read More
  • पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताउनुभएको छ । एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताउनुभयो । एमालेउपाध्यक्ष पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको…

    Read More
  • उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको थियो । आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन यथाशीघ्र गर्नेगरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने भएको छ । गत…

    Read More
  • इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने

    काठमाडौँ/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले नेपाली नियोगमार्फत इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा रहेका…

    Read More
  • मानवअधिकार उल्लङ्घनका विषयमा छलफल

    इटहरी,(सुनसरी)/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबीच पत्रकारिता अभ्यासमा देखिएका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूबारे विस्तृत छलफल गरिएको हो । सहभागी पत्रकारले समाचार सङ्कलनका क्रममा भोग्नुपरेका व्यावसायिक अवरोध, अभिव्यक्ति स्वतन्त्रताको हनन, शारीरिक तथा मानसिक दुव्र्यवहार, सूचनामा पहुँचको अभाव, सरकारी कार्यालयबाट…

    Read More
  • उदयपुरको अमलचौरीमा दुई जनाको शव फेला

    मोरङ/उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव फेला परेको हो । उनले भने, ‘अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राईको शव फेला परेको छ ।’ आज (बुधबार) बिहान मञ्जुको शव…

    Read More
  • इजरायल–इरान युद्धको घेराभित्र सुरक्षा खोज्दै नेपाली

    काठमाडौँ/जब आकाश चिरेर क्षेप्यास्त्र भुइँमा झर्छ र बेजोडको आवाजले तेहरान सहर खलबलाइदिन्छ, तब हरि थापा त्रासले आत्तिन्छन्, श्रीमती र छोराको चिन्ताले पिरोलिन्छन् । तेहरानस्थित भारतीय दूतावासमा काम गर्ने उनीसँगै श्रीमती र छोरा छन् । ‘दिनमा त खासै डर हुँदैन । त्यति धेरै आवाज पनि आउँदैन । तर राति के हुन्छ भन्नेमा एकदमै डर हुन्छ,’ थापाले…

    Read More
  • नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

    काठमाडौँ/त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्धको खेलमा पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन । नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । अन्तरराष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा तेस्रो सुपर ओभरमा खेलाइएको यो नै पहिलो…

    Read More