लागू औषध सहित ४ जना मानिस पक्राउ
मिति २०८२।०३।०३ गते अं.१८:०० बजेको समयमाजिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०८ सिमलचौर स्थित प्रतिभामार्गमासवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मो.सा. र ग १४ प ३३५९ नम्बरको मो.सा.मा सवारनिम्न ४ जना व्यक्तिहरूको साथबाट लागूऔषध Tapentadol Tablets-१००mg लेखिएको १०५० ट्याब्लेट र मोवाईल थान-२वरामद भएको हुँदा निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिनछ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको।
पक्राउ व्यक्ति तथा बरामद सामानको फोटो :-
१. जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं.०५ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.७ रत्नचोक बस्ने वर्ष २८ को मनोज रेग्मी ।
२. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ घारिपाटन बस्ने वर्ष २८ को राज बहादुर पौडेल ।
३. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ घारिपाटन बस्ने वर्ष २८ को राजेश बहादुर पौडेल ।
४. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.७ रत्नचोक बस्ने वर्ष २३ की रोज कुँवर ।