Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समसामयिक विषय र पार्टीले घोषणा गरेका अभियानबारे छलफल भइरहेको छ । पार्टीले आज स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल…

    Read More
  • आज अन्तर्राष्ट्रिय योग दिवस

    काठमाडौं/अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९…

    Read More
  • प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

    काठमाडौँ/सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा प्रारम्भ भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी हुनुहुुन्छ । रासस

    Read More
  • पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने

    सुदूरपश्चिम/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारितालाई मर्यादित पेसा भएको अनुभूति गराउन जरुरी भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले महिला पत्रकारका लागि कञ्चनपुरमा आज आयोजना गरेको दुईदिने प्रशिक्षणमा उहाँले धेरै चुनौती पार गरेर पत्रकारिता जगत् वर्तमान अवस्थामा आइपुगेकाले पेसालाई मर्यादित बनाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्रीले सीमित स्रोतसाधनबाट नै सरकारले आगामी आर्थिक वर्षका लागि…

    Read More
  • शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

    चितवन/भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन)सेवा सुरु गरेको छ । कलेज अफ मेडिकल (सिएमएस) को प्राविधिक सहयोगमा टेलिमेडिसिन सेवा सुरु गरेको हो । शुक्रबार एक भव्य कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले सेवाको उद्घाटन गर्नुभयो । नियमित चेक जाँच वा जिज्ञासाहरुको…

    Read More
  • दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

    बलेवा,(बागलुङ)/बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको…

    Read More
  • मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    चितवन/हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि…

    Read More
  • अस्ट्रेलियाको जनसङ्ख्या वृद्धि ३ वर्षकै न्यून

    क्यानबेरा/सन् २०२४ मा अस्ट्रेलियामा शुद्ध आप्रवासन ३० प्रतिशतले घटेको छ । उसले देशको जनसङ्ख्या वृद्धिलाई तीन वर्षको न्यूनतामा पुर्‍याएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार जारी गरेको आधिकारिक तथ्याङ्कले अस्ट्रेलियाको राष्ट्रिय जनसङ्ख्या २०२४ मा एक दशमलव सात प्रतिशत अर्थात चार लाख ४५ हजार नौ सयले बढेर दुई करोड ७४ लाख पुगेको देखाएको…

    Read More
  • इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं/वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङको घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखाको धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् । पक्राउमध्ये दर्शनले इटाली…

    Read More
  • छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    काठमाडौँ/बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब मानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुइतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताउनुभयो । उहाँका अनुसार…

    Read More