रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समसामयिक विषय र पार्टीले घोषणा गरेका अभियानबारे छलफल भइरहेको छ ।
पार्टीले आज स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित आजबाट देशव्यापी अभियान सञ्चालन गर्ने पार्टीको तयारी छ ।