Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

    काठमाडौँ/राष्ट्रियसभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो ।…

    Read More
  • पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विस्फोटको खतरा

    काठमाडौँ/गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो । बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ । तीस मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छभने मितेरी पुल बगाएको छ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार अवरुद्ध भएको…

    Read More
  • साढे ६ महिनापछि आज बस्दै काठमाडौँ महानगर कार्यपालिका बैठक।

    काठमाडौँ/असार २७/काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ। प्रत्येक महिना बस्नुपर्ने महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार साढे ६ महिनापछि बस्न लागेको हो। पछिल्लो पटक पुस १४ गते १६औँ नगरसभा बसेको थियो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादका कारण बालेनले कार्यपालिका बोलाएका थिएनन्। उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा…

    Read More
  • चितवन सेरोफेरो

    प्रधानमन्त्रीको स्पेन भ्रमण प्रकरण : प्रधानमन्त्री सचिवालयलाई भरतपुरकी मेयर रेनु दाहालले दिइन् प्रमाणित गर्ने चुनौती!

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट तथ्यहीन समाचार सम्प्रेषण गरिएको भन्दै चितवनस्थित भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आपत्ति जनाएकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रमुख दाहालले आफ्नो सचिवालयबाट प्रधानमन्त्रीको स्पेन भ्रमणको विषयमा अफवाह नफैलाएको समेत बताइन् । महानगर प्रमुख दाहालले फेसबुकमा लेखेकी छन्,’तथ्यहीन समाचार सम्प्रेषण गरिएकोमा आपत्ति सहित गम्भीर ध्यानाकर्षण भएको छ ।…

    Read More
  • मुख्य पृष्ठ

    देशैभर मनसुनी वर्षाको सम्भावना! पहाडमा भारी बर्षा हुने मधेशमा कम!

    काठमाडौं/मनसुनी वायुको प्रभावको कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागको मौसममा आंशिकदेखि साधारणतया बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर…

    Read More
  • रसुवा हुँदै ठुलो बाढी नेपाल भित्रीयो, चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल बगायो।

    रसुवा/चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा अवस्थित नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुल बगाएको छ। राति करिब ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण पुलमा गम्भीर क्षति पुगेको हो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार मितेरी पुल बगाएको प्रारम्भिक जानकारी आएको छ। “पुलमा सामान्य क्षति मात्र भएको हो कि पूर्ण रूपमा बगाएको भन्नेबारे अझै…

    Read More
  • अन्तरजातीय बिवाहा गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान।

    चितवन/भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी एक-एक लाख रुपैयाँले सम्मानित गरेको हो। अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताउनुभयो । हरेक वर्ष सम्मानित…

    Read More
  • यी चार निर्माण कम्पनी परे कालो सूचीमा !

    काठमाडौ/प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले कालो सूचीमा राखिएकाे जानकारी दिएकाे हाे। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन- २०६३ को दफा ६३ को उपदफा (१)…

    Read More
  • सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै:साताव्यापी आन्दोलन कार्यक्रम सार्बजनिक।

    काठमाडौ/सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७…

    Read More
  • आज आषाढ शुक्ल एकादशी : तुलसीको बिरुवा मोठमा सारिंदै

    रासस/आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म तुलसीको मोठमा विशेष पूजा गरिन्छ। विष्णु भगवानको प्रतीक मानिने तुलसीलाई चार महिनासम्म विधिपूर्वक पूजा गरिन्छ। हरिशयनी एकादशीका दिन भक्तजनहरूले विशेष व्रत र पूजा गर्दछन्। २२ असार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।…

    Read More