Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • दमकमा मोटरसाइकल दुर्घटनापरि चालकको मृत्यु

    भद्रपुर,(झापा)/दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का…

    Read More
  • क्यालिफोर्नियामा आँधीका कारण भएको भारी वर्षा र हिमपातले सयौँ विस्थापित

    लस एन्जलस/क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण आवासिय घरहरु प्रभावित हुदाँ सयौं मानिसहरु विस्थापीत भएको जनाइएको छ । भने क्रिसमसको समयमा राज्यको धेरै भागमा बाढीका कारण र यातायात अवरुद्ध हुने खतरा रहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय मौसम सेवाले विज्ञप्ति जारी गर्दै आँदीले शुक्रबारसम्म क्यालिफोर्नियामा भारी वर्षा, हिमपात गराउने, जानकारी गराउदै राज्यको उत्तरी, मध्य र दक्षिणी…

    Read More
  • भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    चितवन/भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो । महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गर्नुभयो । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी…

    Read More
  • अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो

    भोजपुर/यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो…

    Read More
  • नयाँ शक्तिहरु मिल्नुपर्छ भन्ने भावनाको सबै पक्षले कदर गर्नुपर्छः कुलमान घिसिङ

    चितवन/उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नयाँ शक्तिहरु मिल्नुपर्छ भन्ने जनभावनालाई सबै पक्षले कदर गर्नुपर्ने बताएका छन् आज भरतपुरमा चितवन जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै घिसिङले अहिले सबै पक्षबाट मिल्नुपर्ने विषय उठान भइरहेको भन्दै सबै पक्षले यो भावनालाई कदर गर्नुपर्ने बताए । उनले देशलाई परिवर्तन गर्न सही नेतृत्वको आवश्यक रहेको भन्दै आउँदो निर्वाचनमा सही नेतृत्वलाई छान्न…

    Read More
  • आमनिर्वाचन सफल पार्नुपर्नेमा जोड

    म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थानबिन्दु भएको बताउनुभयो । “देशमा जति धेरै अन्योल हुन्छ त्यति नै अर्थव्यवस्था र शासन प्रणाली कमजोर…

    Read More
  • चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

    चितवन/सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी…

    Read More
  • तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन्

    तनहुँ/गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २५९ जना आइसकेका र अन्य व्यक्ति आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलन भएको तीन महिना अवधि बितिसक्दा पनि सम्पर्कमा नआएकाहरूको खोजी कार्र्य तीव्र बनाइएको छ । केही कैदीबन्दीहरू आफू खुसी कारागार…

    Read More
  • निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री

    ललितपुर/सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्ना तर्फबाट तयारी गरिरहेको बताउनुभएको छ ।गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई महोत्सव बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले भन्नुभयो, “निर्वाचन सफल बनाउने वातावरणका लागि सरकारले काम गरिरहेको छ,…

    Read More
  • सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो: अकोराब

    चितवन/सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये पछिल्ला दिनमा ६० देखि ६५ रेडियोले प्रसारण बन्द गरिसकेका छन् ।…

    Read More