हामी देशीविदेशी प्रतिक्रियावादीहरु विरुद्ध अभियान छेड्छौँः पुष्पकमल दाहाल
काठमाडौँ/नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशीविदेशी प्रतिक्रियावादीहरु विरुद्ध अभियान छेड्ने चेतावनी दिनुभएको छ ।
शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो चुतावनी दिनु भएको हो । संयोजक दाहालले देशलाई अप्ठयारोबाट पार लगाउन र मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रासहित समाजवादतिर अघि बढ्नका लागि पनि फेरि एकचोटी देशीविदेशी प्रतिक्रियावादी शक्तिविरुद्ध राष्ट्रव्यापी अभियान छेडनुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले आसन्न निर्वाचनमार्फत आफूहरुले मुलुकको स्वाधिनता र आत्मासम्मानमाथि प्रहार गर्नेहरुलाई प्रतिवाद गरेर अघि बढने सन्देश प्रवाह गर्न चाहेको पनि बताउनु भयो ।
संयोजक दाहालले देशलाई संकटबाट पार लगाउन सबै शक्तिहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल

