Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै

    मुस्ताङ/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ ।यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा छ कर्मचारी रहने गरी उक्त सङ्ख्यामा निर्वाचनस्थलमा कर्मचारी खटाउने तयारी गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दीपेन्द्र पौडेलका अनुसार मुस्ताङका ३९ मतदानस्थलमा मतदान अधिकृत तथा…

    Read More
  • मुख्य पृष्ठ

    नौ लाख उनान्चालिस हजार राजस्व असुली

    कर्णाली/सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए । यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उहाँले दिनुभयो । दुर्घटनामा २३ गम्भीर र…

    Read More
  • मुख्य पृष्ठ

    भोजपुरमा तेह्र पक्की पुल निर्माण

    भोजपुर/सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा रु सात करोड ५० लाख, आरीखोलामा रु तीन करोड, वेहेरे खोलामा रु तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा रु दुई करोड ५० लाख, राउते खोलामा रु…

    Read More
  • मुख्य पृष्ठ

    सुनचाँदीको मूल्यमा गिरावट

    काठमाडौँ/आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ भने चाँदी रु पाँचले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ४०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८० निर्धारण भएको छ…

    Read More
  • मुख्य पृष्ठ

    आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ/शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना…

    Read More
  • मुख्य पृष्ठ

    मतदाता शिक्षाका लागि जुम्लामा स्वयंसेवक परिचालित

    जुम्ला/जिल्ला निर्वाचन कार्यालय जुम्लाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक परिचालनको तयारी गरेको छ । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक यही फागुन ३ देखि १७ गतेसम्म कार्यक्षेत्रमा खटिने छन्…

    Read More
  • अपराध/दुर्घटना

    गैँडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

    नवलपुर,(नवलपरासी)/नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको हो । गएराति स्कुटरले ठक्कर दिँदा घाइते हुनुभएका तामाङको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपतिद्वारा टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभयो । सो अवसरमा उहाँले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका…

    Read More
  • अन्तर्राष्ट्रिय

    ट्रम्पले बाँदर भनेको भिडियो सार्वजनिक भएपछि बोले ओबामा

    अमेरिका/अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्वजनिक भएपछि अमेरिकी राजनीतिक संवादमा शिष्टाचार र लज्जाको अभाव बढ्दै गएको भन्दै कडा टिप्पणी गरेका छन् । वामपन्थी टिप्पणीकार ब्रायन टायलर कोहेनसँगको विस्तृत पोडकास्ट अन्तर्वार्तामा उलले राजनीतिक बहस ‘पहिले कहिल्यै नदेखिएको क्रूरतामा’ झरेको उल्लेख गर्दै अधिकांश अमेरिकी…

    Read More
  • सैनिक मञ्च टुँडिखेलमा मनाइयो २६३ औँ स्थापना दिवस तथा शिवरात्रि

    काठमाडौँ/नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस…

    Read More