चितवन अदालतले रवि लामिछानेलाई दियो वारेस सुविधा
चितवन/चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ ।
लामिछानेको निवेदनमा सुनुवाइपछि सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले उक्त अनुमति दिएको हो । सभापति लामिछानेले आफू बिरामी भई काबुबाहिरको परिस्थिति उल्लेख गर्दै आफैँ तारेखमा उपस्थित हुन नसक्ने अवस्था निवेदनमा दर्शाएका थिए ।
अदालतले मुद्दामा प्रतिवादी रहेका लामिछानेले पेस गरेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्टलाई वारेश अनुमतिको आधार लिएको छ । अदालतको आदेश अनुसार अब लामिछानेले मुद्दाको तारिखमा आफैँ चितवन अदालत जानुपर्दैन ।
ूलामिछानेको मुद्दाको प्रकृति, स्वास्थ्य अवस्था र कार्यव्यस्तताजस्ता कारण दर्शाउँदै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ (२) अनुसार अवधि नतोकी वारेश राख्न पाउने आदेश भएको छ,ू चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । अदालतको आदेशअनुसार, लामिछानेले आफूविरुद्ध दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दामा अन्तिम फैसला नहुञ्जेल वारेश सुविधा पाउनेछन् ।

