यी भूभागमा छ आज वर्षा र हिमपातको सम्भावना
काठमाडौं/नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै, तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, बुधबार (वैशाख २) दिउँसो कोसी प्रदेशको पहाडी भूभागलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना छ ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

