| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

    काठमाडौँ/कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएपछि उहाँको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । रासस

    Read More
  • गौरा पर्वको आज तेस्रो दिन, आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

    बैतडी/सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् । ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो ।…

    Read More
  • १ अर्ब लागतमा निर्माण ‘मनकामना रिट्रिट रिसोर्ट’ सञ्चालनका लागि तयार

    गोरखा/धार्मिक तथा पर्यटकीय गन्तव्य मनकामनामा झन्डै १ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको ‘मनकामना रिट्रिट रिसोर्ट’ आगामी असोजको पहिलो सातादेखि सेवा सञ्चालनमा आउने भएको छ। रिसोर्टको निर्माण कार्य तीव्र गतिमा भइरहेको बताउँदै मनकामना रिट्रिट रिसोर्ट एन्ड स्पा प्रालिका अध्यक्ष विजय मल्लले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। रिसोर्टको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सोल्टी वेस्टर्न रिसोर्ट मनकामनाले…

    Read More
  • तोकिएको समयअघि नै मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्छौँः अर्थमन्त्री पौडेल

    काठमाडौँ/उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तरराष्ट्रिय वित्तीय निगरानी निकाय ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर ल्याउन सरकारले गम्भीर प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ‘ग्रे लिस्ट’मा पर्नु मुलुकका लागि आर्थिक, वित्तीय र कूटनीतिक दृष्टिले हानिकारक भएको स्वीकार गर्दै तत्काल सुधारात्मक कार्ययोजना बनाएर…

    Read More
  • सीमा समस्या समाधानको प्रभावकारी पहल गर्न प्रधानमन्त्रीसँग सांसद सुशीला थिङको आग्रह

    काठमाडौँ/नेपाली कांग्रेसका सांसद सुशीला थिङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै सीमा समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उहाँलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद थिङले चीन भ्रमणका क्रममा हालै चीन र भारतबीच भएको व्यापारिक सम्झौताका कारण नेपालको लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रका सन्दर्भमा उल्लेख भएका सन्दर्भमा आवश्यक निष्कर्ष…

    Read More
  • चितवनका २५९ भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र प्रदान

    चितवन/यहाँस्थित भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका २५९ जना भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र प्रदान गरेको छ । आयोगका अध्यक्ष इमानसिंह मोक्तानका अनुसार रत्ननगर नगरपालिकाका १३० र भरतपुर महानगरपालिकाका १२९ जनालाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको हो । आयोगमा ५१ हजार जनाले जग्गाधनी प्रमाणपत्रका लागि आवेदन गरेका छन् । एक व्यक्तिले…

    Read More
  • अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय

    महोत्तरी/“हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” ९मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो० जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्धिक अपाङ्गता भएकी छोरी ११ वर्षीया रचनालाई देखाउँदै भन्नुभयो, “आब त हमर बेटी लिखपढसँगें कतेको चित्रसभ बनबैत अछि” ९अब त…

    Read More
  • नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख शून्य

    काठमाडौँ/स्थानीय तह पुनःसंरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेका अनुसार सम्पूर्ण स्थानीय तहमा दरबन्दीअनुरुप प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व…

    Read More
  • मुग्लिन-पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

    दमौली,(तनहुँ)/मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कँुवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न…

    Read More
  • बर्सातमा जहिल्यै जोखिमपूर्ण पृथ्वीराजमार्ग

    मलेखु,(धादिङ)/कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी परेको बेला कतिखेर कहाँनेर पहिरोले बाटो थुनिने हो पत्तो हुँदैन । डोजरले खारिएका भित्ताबाट झर्ने ढुङ्गामुढाबाट जोगिन धौधौ पर्छ…

    Read More