Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • एनआरएनएमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्छः मदनराज पौडेल

    काठमाडौं/काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार मदनराज पौडेलले संस्थामा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्ने बताएका छन् । पौडेलले एनआरएनएको संरचनामा युवाहरूको प्रतिनिधित्व अपेक्षाकृत कम रहेको उल्लेख गर्दै विभिन्न तह र पदमा युवाहरूको सहभागिता बढाउन आवश्यक रहेको बताए । उनले विधानमै कम्तीमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित…

    Read More
  • बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

    सर्लाही/सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ । शनिबार दिउँसो सर्लाहीको नवलपुरमा दलित अधिकारकर्मी तथा स्थानीय बासिन्दाले र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा सहभागीहरूले इनिसा विकलाई न्याय दिन, दोषीलाई तत्काल कडा कारबाही गर्न तथा भविष्यमा यस्ता जघन्य घटना दोहोरिन नदिन प्रभावकारी…

    Read More
  • म्याग्दीको मुनामा ग्रामीण सरसफाइ आयोजना

    म्याग्दी/धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ ।सङ्घीय सरकारको विशेष अनुदानमा धवलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण थालेको हो । मुनामा हाल धवलागिरि गाउँपालिकाको केन्द्र रहेको छ । भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ति रहेको मुनाका घरबाट निस्कने फोहर पानी र बर्खायाममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित…

    Read More
  • खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

    काठमाडौं/काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ । महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी संयन्त्र सक्रिय बनाएको हो ।…

    Read More
  • समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    काठमाडौँ/प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । “बैठकको समय र स्थान तय भएको छैन”, उहाँले भन्नुभयो । समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने…

    Read More
  • हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा/हिमपात हुने

    काठमाडौँ/हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको केही…

    Read More
  • अर्थ/बाणिज्य

    बजारमा ग्यास अभाव

    सिद्धार्थनगर,(भैरहवा)/भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको…

    Read More
  • चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

    चितवन/सुजता उपरकोटीलाई सानैदेखि देशको सेवा गर्ने चाहना थियो । ४० दिन भएपनि उनले निर्वाचन प्रहरी बन्दै देशको सेवा गर्ने मौका पाइन । शान्तपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेपछि सुजतासहित चितवनमा खटिएका २ हजार ७ सय ६६ निर्वाचन प्रहरी बिहीबार बिदा भए । सेवाबाट बिदाई हुँदै गर्दा उनीहरुले अर्को महत्वपूर्ण मानविय सेवा ‘रक्तदान’ गरेर गए । ‘देशको…

    Read More
  • मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

    काठमाडौँ/नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा रहेका मध्यपूर्वी देशहरुमा पछिल्लो समय विकसित तनावका कारण मुलुकको अर्थतन्त्र र ऊर्जा क्षेत्रमा गम्भीर सङ्कट देखापर्न सक्ने सम्भावना औँल्याइएको छ । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आज यहाँ आयोजना गरेको ‘पश्चिम एसियाको समस्या र नेपाली अर्थतन्त्रमा देखिने प्रभाव’ विषयक अन्तरक्रियामा अर्थ–आप्रावसन क्षेत्रका जानकारहरुले उक्त सङ्कटबाट जोगिन…

    Read More
  • नेपाली खेलाडीहरु धेरै क्षमतावान छन्ः नवनियुक्त प्रशिक्षक एरेना

    काठमाडौं/स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नियुक्त भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेना आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘म नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको…

    Read More