Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहनुभएको छ । बुबा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि विसं २०८१ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमार्फत उहाँ सङ्घीय संसद्मा प्रवेश गर्नुभएको हो । बु्बा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो ।…

    Read More
  • पब्जी ‘इ-स्पोर्ट्स विश्वकप’मा नेपालले भाग लिँदै

    काठमाडौँ/नेपालको ‘टिम होरा इ-स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाईल इ—स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ । यही साउन ९ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली पब्जी टोलीले भाग लिन लागेको इ-स्पोर्ट्स सङ्घ नेपाल (ईशान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो । सङ्घका अध्यक्ष अन्जन धमला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पब्जी…

    Read More
  • अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चार वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौँ/उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटवार्तासँगै…

    Read More
  • युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी छ : अध्यक्ष दाहाल

    काठमाडौँ/राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि क्षेत्रमा ल्यााउन राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । यहाँ आज आयोजित ‘प्रथम यः वा किसान मञ्चः युवा किसान व्याम्प तथा कृषि ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा युवाको आकर्षण बढाउन सरकारले विभिन्न प्याकेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि क्षेत्रको विकास गरी…

    Read More
  • काठमाडौँ अदालतमा कानुनी सहायता केन्द्र

    काठमाडौँ/जिल्ला अदालत काठमाडौँमा वैतनिक वकिल तथा कानुन सहायता तथा परामर्श केन्द्र स्थापना गरिएको छ । अदालत परिसरमा आज केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । केन्द्रको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलप्रसाद पोखरेलले न्यायमा पहुँचका लागि वैतनिक वकिल तथा कानुनी सहायता तथा परामर्श केन्द्रको स्थापना गरिएको बताउनुभयो । “अशक्तहरूका लागि निःशुल्क रूपमा…

    Read More
  • चितवन निकुञ्ज घुम्ने पर्यटक घटे,गत वर्षको तुलनामा झण्डै २५ प्रतिशतले कमि

    भरतपुर,(चितवन)/चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार पाँच सय आठ जना निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।…

    Read More
  • नारायणगढको पार्किङ व्यवस्थापन गर्न सम्भाव्य स्थानहरू पहिचान गर्दै भरतपुर महानगर

    नारायणगढ,(चितवन)/भरतपुर महानगरपालिकाअन्तर्गत मुख्य बजार क्षेत्र नारायणगढलगायत विभिन्न स्थानमा पार्किङ समस्या बढेपछि महानगरपालिका यसको व्यवस्थापनमा जुटेको छ । मुख्य बजारमा ६ लेनको सडक विस्तार भएपछि सडक सहज भए पनि पार्किङ अव्यवस्थित हुँदा समस्या बढेको छ । पार्किङ समस्या समाधान गर्न महानगरले सक्रियता देखाएको छ । महानगर यातायात शाखाका प्रमुख बालकृष्ण थपलियाले बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न…

    Read More
  • श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

    काठमाडौँ/श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको छ । अदालतले आर्थिक वर्ष २०८१/८२ मा एक वर्ष नाघेका मुद्दालाई शून्यमा पु¥याएको हो । अदालतमा ६ महिनादेखि १ वर्षभित्रका ९२ वटा मुद्दा रहेका थिए । श्रम अदालतका रजिष्ट्रार मुकुन्द निरौलाका अनुसार अदालतले गत असार मसान्तसम्म ४२२ थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकामा ४६१ थान (१०९.२४)…

    Read More
  • आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर प्रस्तुत हुन केन्द्रीय सदस्यहरुलाई आग्रह गर्नुभएको छ । आजदेखि सुरू भएको एमालेको केन्द्रीय कमिटीको नवौँ बैठकमा अध्यक्षता गर्दै अध्यक्ष ओलीले पार्टीभित्र वैचारिक र नीतिगत रूपमा कुनै विवाद नभएकाले सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले पछिल्लो…

    Read More
  • प्रधानमन्त्री ओलीको भारत भ्रमण ३१ भदौदेखि

    काठमाडौँ/सरकारको नेतृत्व गरेको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ । प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतबाट ओलीलाई भ्रमणको निम्तो आइसकेको र भ्रमणको मितिमा पनि सहमति भइसकेको छ ।…

    Read More