Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • पत्रपत्रिका/अन्य

    सडकले ल्यायो गाउँमा पहिरो

    रुकुम/सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका छन्। जिल्लाको आठबीसकोट नगरपालिकाभित्रका दुईवटा वडाका ३९ घरपरिवार पहिरोको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ। नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अमृत बुढाका अनुसार मङ्गलबार दिनभर पहिरोलाई…

    Read More
  • अपराध/दुर्घटना

    बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्दै प्र्याङ्क भिडियो बनाउने एक जना पक्राउ

    काठमाडौं/महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । बदमास केटा नामक युट्युब च्यानल चलाएर बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले…

    Read More
  • मुख्य पृष्ठ

    चालू आर्थिक वर्षमा नेपालबाट ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात

    काठमाण्डौं/नेपालबाट चालू आर्थिक वर्षमा ३ अर्ब ४३ करोड रुपैयाँको चिया निर्यात भएको छ । असार महिनासम्मको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। यस अवधिमा नेपालबाट १ करोड २३ लाख किलोग्राम कालो चिया निर्यात भएको छ । यस्तै, सोही अवधिमा १ लाख ४८ हजार किलोग्राम…

    Read More
  • मुख्य पृष्ठ

    थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    एसईईको नतिजा भोलि सार्वजनिक हुने

    काठमाण्डौ/माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । २०७८ सालको एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले जानकारी दिएका हुन्। यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पासपोर्ट लिनेको संख्या झन्डै दोब्बरले वृद्धि

    भरतपुर/चितवनमा राहदानी (पासपोर्ट) लिनेको संख्या झन्डै दोब्बरले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ मा चितवनको जिल्ला प्रशासन कार्यालयबाट १५ हजार ६१६ जनाले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा चितवनमा राहदानी लिनेको संख्या नौ हजार ५२८ रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नौ हजार ९०६ जनाले जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी लिएका…

    Read More
  • अपराध/दुर्घटना

    रुसले युक्रेनको हतियार भण्डार नष्ट गर्‍यो

    एजेन्सी/युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार रुसी सेनाले नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि गर्न बाँकी छ । रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो । तर, उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो । पछिल्लो…

    Read More
  • अपराध/दुर्घटना

    दुई दिनको नगरसभा कार्यक्रममा जनप्रतिनिधिले खाए ८०३ किलो मासु

    जनकपुरधाम/स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ । नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि…

    Read More
  • मुख्य पृष्ठ

    देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं/आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, वाग्मती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…

    Read More
  • अपराध/दुर्घटना

    सम्बन्ध बिच्छेद गरेर सम्पती बाँड्न असार ३१ गते नै सहमत भएका थिए आचार्य दम्पती

    चितवन/चितवनको भरतपुर महानगरपालिका १० की रुष्मा आचार्य गत असार ३ गते जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलमा हिंसामा परेँ भन्दै पुग्नुभयो। मौखिक रुपमा न्याय पाउँ भन्दै पुगेकी ३३ वर्षकी रुष्माले आफ्ना ४३ वर्षीय श्रीमान कृष्णप्रसाद आचार्यले विदेशबाट फर्किएपछि अन्य व्यक्तिसँग सम्बन्ध रहेको भन्दै कुटपिट तथा गाली बेइज्जती गरेकोले घर बस्न नसक्ने बताउनुभयो। रुष्माले…

    Read More