Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले अहिले सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा…

    Read More
  • पत्रपत्रिका/अन्य

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    काठमाण्डौं/राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले पारित गर्नु हुँदैन भन्दै दिनहुँ…

    Read More
  • अपराध/दुर्घटना

    अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

    रुकुम/अरिङ्गालको टोकाइबाट रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय सुवर्ण सुनारको मृत्यु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार तीन दिन अगाडि अरिङ्गालले टोकेका सुनारलाई आज आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो। सुनार त्रिवेणी गाउँपालिका अन्तर्गत कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलक पदमा कार्यरत हुनुहुन्थ्यो । साथीहरूसँग सल्यानको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका पाँच जनाले गरे नेपाली नागरिकता परित्याग

    चितवन/रासस/चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा…

    Read More
  • चितवन सेरोफेरो

    कोरोनाको कारण चितवनमा एक जनाको मृत्यु

    चितवन/कोरोनाको संक्रमणको कारण चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणले गम्भीर भएका खैरहनी नगरपालिकाका ४७ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालमा मृत्यु भएको कोभिड क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले जानकारी दिए । डा. पौडेलले सुगर, प्रेसर जस्ता कुनै दीर्घरोग नभए पनि उनको कोरोनाको कारणले निमोनिया भई अक्सिजनको तह घटेर निधन भएकोले सबै जना सतर्क…

    Read More
  • अपराध/दुर्घटना

    इजरायल र पीआईजे बीच दोस्रो दिन पनि गोली हानाहान

    काठमाण्डौं/रासस/इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा जनाइएको छ। इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप शहर रफाहमा…

    Read More
  • मुख्य पृष्ठ

    प्रचण्डले गरे आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन

    काठमाण्डौ/माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोशिमा सहरमा रहेको सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । दोस्रो विश्वयुद्धको क्रममा अमेरिकाले दुई जापानी सहर हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । प्रचण्ड पाँच दिने भ्रमणका लागि अस्ति जापान जानु भएको हो । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान जानु भएका प्रचण्ड आउँदो २५…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा वन मौरीले टोक्दा एक जनाको मृत्यु

    दाङ/दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी ३५ वर्षिय खीमबहादुर कुमालको वन मौरीले टोकेर मृत्यु भएको छ । शनिबार अपरान्ह ५ बजेको समयमा साथिहरुसंग घर नजिकैको जंगलमा वन मौरी (भिरे) को महको लागि चाका काट्न गएका थिए । सिमलको रुखमा मौरी काट्न चढेका बेला मौरीले टोकेर गम्भीर घाइते भएका खीमबहादुरलाई उपचारका लागि लमही अस्पताल…

    Read More
  • अपराध/दुर्घटना

    दुई किलो गाँजासहित दुई जना पक्राउ

    बारा/प्रहरीले दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बाराको निजगढ नगरपालिका–११ स्थित रतनपुर तामागढी सडक खण्डबाट दुई जनालाई अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार भइरहेको विशेष सूचनाको पाएलगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग…

    Read More
  • अपराध/दुर्घटना

    पर्यटक बोकेको बस दुर्घटना हुँदा क्रोएशियामा १२ जनाको मृत्यु

    एजेन्सी/पर्यटक बोकेको बस दुर्घटना हुँदा क्रोएशियामा १२ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । पोल्याण्डबाट घुम्न गएका पर्यटक बोकेको बस क्रोएशियाको जरेक विसास्की नजिकै सडकबाट खसेको बीबीसीले जनाएको छ । घाइते भएकामध्ये केहीको गम्भीर अवस्थामा उपचार चलिरहेको छ । ज्यान गुमाउने सबै पोल्याण्डका वयस्क नागरिक रहेका खबरमा उल्लेख छ । उनीहरु…

    Read More