Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    घरबाट खेल्न भनी निस्किएका बालक मृत भेटिए

    इलाम/इलाम नगरपालिका–८ का एक बालक मृत भेटिएका छन्। घरबाट खेल्न भनी निस्किएका इलाम नगरपालिका–८, तिल्केनीका १० वर्षे आशिष राई गाईको गोठमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालका अनुसार बालक आशिषलाई दिउँसो १ बजेतिर झुन्डिएको अवस्थामा फेला परेपछि इलाम अस्पताल ल्याइएको थियो। तर, अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

    Read More
  • मुख्य पृष्ठ

    मतदान सुरु हुनुभन्दा ७२ घण्टादेखि सीमा सिल

    काठमाण्डौं/आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता पुरुषोत्तम थापाले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवतजावत पूर्ण…

    Read More
  • मुख्य पृष्ठ

    आज प्रदेश १ मा सार्वजनिक विदा

    काठमाण्डौं आज प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज एक दिन शोक विदा दिएको हो । गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो । प्रदेश सरकारले आज एक…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

    काठमाण्डौं/आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि…

    Read More
  • चितवन सेरोफेरो

    ३ दिनदेखि टेलिकमको नेटवर्कमा समस्या

    चितवन/भरतपुरमा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या देखिएको छ । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका हुन् । सडक बिस्तारको क्रममा जथाभावी डोजर चलाएका कारण अप्टिकल फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरले जानकारी दिएको छ । भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय…

    Read More
  • मुख्य पृष्ठ

    माओवादीले गर्‍यो मधेस प्रदेशका ३ नेतालाई कारबाही

    काठमाण्डौं/पार्टी नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिने, उम्मेदवारको प्रस्तावक र समर्थक बस्ने तीन जनालाई नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटीले कारबाही गरेको छ । गत मंगलबार मधेस प्रदेशका इन्चार्ज गणेश साहले पार्टीको धारण सदस्य समेत नरहनेगरी तीन जनालाई कारबाही गरेका हुन् । महोत्तरी क्षेत्र नम्बर १ अन्तर्गत‘ख’मा माओवादीकै भरत साह उम्मेदवार छन् । उनको विरुद्ध विष्णुबहादुर…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचन आचारसंहिता सबैलाई समान रूपमा लागू हुन्छ : आयुक्त भण्डारी

    काठमाण्डौं/निर्वाचन आचारसंहिता सबैलाई समान रूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उनले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त…

    Read More
  • अपराध/दुर्घटना

    प्युठानमा जिप दुर्घटनाः ३ जनाको मृत्यु

    प्युठान/जिप दुर्घटना हुँदा प्युठानमा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु

    कैलाली/पश्चिम नेपालमा पुनः ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ । बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा उक्त घटना भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ । एक दर्जनभन्दा बढी घाइते…

    Read More
  • मुख्य पृष्ठ

    आधिकारिक कागजात देखाएर मतदान गर्न पाइने

    काठमाडौं/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको…

    Read More