घरबाट खेल्न भनी निस्किएका बालक मृत भेटिए

इलाम/इलाम नगरपालिका–८ का एक बालक मृत भेटिएका छन्। घरबाट खेल्न भनी निस्किएका इलाम नगरपालिका–८, तिल्केनीका १० वर्षे आशिष राई गाईको गोठमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालका अनुसार बालक आशिषलाई दिउँसो १ बजेतिर झुन्डिएको अवस्थामा फेला परेपछि इलाम अस्पताल ल्याइएको थियो।

तर, अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।