Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    चिकित्सा शिक्षा आयोगको बदमासी

    काठमाडौं/चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षामा देखिएको समस्याको कारण देशभर २ सय २८ नर्सिङ कलेज बन्द भएपछि नेपाली विद्यार्थी भारतसँग सिमाना जोडिएका नर्सिङ कलेजमा अध्ययन गर्न पुगेका छन् । ‘चिकित्सा शिक्षा ऐनकै कारण २०७७र०७८ मा कोसीमा ४, मधेसमा ६, वागमतीमा ३५, गण्डकीमा ४, लुम्बिनीमा १७, सुदूरपश्चिममा ६ र कर्णाली प्रदेशमा १ गरी ७३ वटा…

    Read More
  • भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

    भरतपुर, २ भदौ /भरतपुरअस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड  निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिनुभयो । उहाँले क्रिटिकल केयर (आईसियू, सिसियू,…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको लत्ताकपडा ठेक्कामा सक्रिय अग्रवालद्वारा नागरिकता कीर्ते 

    काठमाडौँ/नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठेक्कापट्टामा वर्षौँदेखि रजगज गरिरहेका ठेकेदार श्रवणकुमार अग्रवालले नक्कली नागरिकता नम्बर प्रयोग गरिरहेको पाइएको छ । प्रहरीको लत्ताकपडा ठेक्कामा एकछत्र राज गरिरहेका अग्रवालले अन्य कुनै व्यक्तिको नागरिकता प्रयोग गरिरहेको पाइएको हो । प्राप्त एक कागजातमा श्रवण कुमार अग्रवाल रहेको एक कम्पनीले हालेको टेन्डरमा नागरिकता नम्बर नै अरू कसैको उल्लेख गरेका छन्…

    Read More
  • मुख्य पृष्ठ

    संसद्लाई बन्धक बनाउन मिल्दैन: सभापति लामिछाने

    सुरुङ्गा (झापा),भदौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताउनुभयो । “जनताका धेरै कुरा उठाउनुछ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध…

    Read More
  • अपराध/दुर्घटना

    बिहारमा पत्रकारको गोली हानी हत्या!

    भारतको बिहारस्थित अररिया जिल्लामा शुक्रवार बिहान एक पत्रकारको गोली हानी हत्या भएको छ । हिन्दी पत्रिका ‘दैनिक जागरण’ का स्थानीय संवाददाता विमल कुमार यादवको अज्ञात अपराधीले घरमा प्रवेश गरी गोली हानेका हुन् । सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । त्यो घटनामा विमल एक्लो साक्षी थिए र प्राप्त जानकारीका अनुसार उनीमाथि लगातार…

    Read More
  • अपराध/दुर्घटना

    ठेकेदारको सेटिङले प्रहरीलाई दंगा नियन्त्रण सामान अभाव

    काठमाडौं/नेपाल प्रहरीलाई अत्यावश्यक राइट कन्ट्रोल गियर ९दंगा नियन्त्रक सामग्री० को अभाव भएको छ। ठेकेदार कम्पनीको नेपाल एजेन्ट कालोसूचीमा परेका कारण सामग्री खरिद हुन नसक्दा अभाव भएको हो। दुई वर्षअघि १ हजार थान राइट कन्ट्रोल गियर खरिदका लागि हङकङको साई ओभरसिज एचके लिमिटेडले ठेक्का पाएको थियो। त्यसको नेपाली एजेन्ट जेएमबिडी इन्टरनेसनल कालोसूचीमा परेको हुँदा खरिद नै…

    Read More
  • मुख्य पृष्ठ

    भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला

    नेपाल बैंकर्स संघले भदौका लागि बैंक ब्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको ब्याजदर बढाउन सक्ने देखिएको छ । साउनमा केही बैंकले ब्याजदर बढाएर निक्षेप थपेपछि भदौमा निक्षेप कम भएका बैंकले ब्याजदर बढाएर तान्न सक्ने देखिएको हो । कुनकुन बैंकले ब्याज बढाएर निक्षेप तान्दैछन् भन्ने खुलेको भने छैन । गत असार अन्तिममा…

    Read More
  • चितवन सेरोफेरो

    यातायात कार्यालय भरतपुरमा अनियमिता भएको गुनासो बढ्यो

    चितवन/चितवनको भरतपुरमा रहेको यातायात कार्यालयमा अव्यवस्थित र अनियमिता भएको गुनासो बढेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० को सुझाव पेटीकामा यातायात कार्यालयमा अव्यवस्थित पार्किङ, लाइसेन्स फर्म र मेडिकल जाँचमा चर्को शुल्क लिने गरेको सम्मका गुनासा आएका छन् । त्यसलाई सुधार गर्दै चुस्त दुरुस्त र व्यवस्थित बनाउन भरतपुर महानगरपालिका वडा नम्बर १०ले यातायात कार्यालयलाई निर्देशन…

    Read More
  • अपराध/दुर्घटना

    मिटरब्याजी साहुबाट ऋणीलाई फिर्ता भयो एक सय बिगाहाभन्दा बढी जग्गा

    अमरेन्द्रकुमार यादव/आयोगका अनुसार तीमध्ये साउन ३० गतेसम्म ३ हजार २६४ उजुरी फर्स्यौट भइसकेको छ । मधेस प्रदेशमा दर्ता भएका १८ हजार ३५६ वटा उजुरीमध्ये हालसम्म २ हजार ५५९ वटा उजुरी फर्स्यौट भएको छ । मधेशको ८ वटा जिल्लामध्ये सबैभन्दा बढी उजुरी बारामा दर्ता भएको छ भने फर्स्यौट पनि बारामै धेरै भएको छ । बारामा ५१०…

    Read More
  • मुख्य पृष्ठ

    राज्यका अङ्गले जनताका पक्षमा काम गर्छन् भन्ने विश्वास दिलाउनुस् : प्रधानमन्त्री

    काठमाडौँ/ महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यबाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्यतालिकाबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो । कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरका सरकारी कार्यालयको लेखापरीक्षण गर्ने जानकारी गराएको छ । लेखापरीक्षणका…

    Read More