Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आजदेखि नयाँ नोट साट्न पाइने !

    काठमाडौँ/आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका…

    Read More
  • मुख्य पृष्ठ

    बल्ल नेपालबाट बाहिरियो मनसुन!

    काठमाडौं/नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक…

    Read More
  • मुख्य पृष्ठ

    चाडपर्वमा महँगी उपहार !

    काठमाडौँ/नेपालीहरूको घरदैलोमा मुख्य चाडपर्वहरू प्रवेश गर्ने क्रममा छन् । वर्ष दिनमा आउने यस्ता चाडपर्वलाई नेपालीहरूले छुट्टै महत्वका साथ लिने गर्छन् । विशेष गरी दसैँ, तिहारजस्ता ठूला चाडपर्वमा पारिवारिक भेटघाट, मठमन्दिरमा गरिने पूजाआजा मात्र नभई बजारमा वस्तु तथा सेवाको मागमा समेत वृद्धि हुने गरेको देखिन्छ । यसै कारण यस्ता चाडपर्वलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षले मात्र…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि बडादसैँ सुरु, बिहान ११ः२९ मा घटस्थापनाको उत्तम साइत!

    काठमाडौँ/आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र…

    Read More
  • मुख्य पृष्ठ

    गठबन्धन कायम राख्ने काङ्ग्रेस माओवादी सहमति !

    काठमाडौं/कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ । शनिबार बिहान बालुवाटारमा यस्तो सहमति भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहान तीन नेताबीचको भएको छलफलमा लिखित सहमति भएको हो।…

    Read More
  • चितवन सेरोफेरो

    त्रिपक्षीय लाभ हुनेगरी चितवन र नवलपुरमा संरक्षणमुखी कार्यक्रम प्रारम्भ

    चितवन/समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुनेगरी नवलपुरको गिन्द्री र चितवनको खगेरी उपजलाधार क्षेत्रमा संरक्षणमुखी काम सुरु भएको छ । नवलपुरमा कावासोती नगरपालिकाका १४ वटा वडा, हुप्सेकोट गाउँपालिकाका २ वटा वडा, चितवनमा रत्ननगर नगरपालिकाका ४ वटा वडा, कालिका नगरपालिकाको ७ वटा वडा र इच्छाकामना गाउँपालिकाको १ नम्बर वडामा समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम…

    Read More
  • चितवन सेरोफेरो

    भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य : प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताउनु भएको छ । लक्की मिडिया हाउस चितवनले भरतपुरमा गरेको लक्कीअवार्ड तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष महानगरपालिकाले आयोजना गरेपनि समग्र रुपमा हामी सबैको साझा कार्यक्रम रहेको प्रष्ट पार्नुभयो । ‘भ्रमण वर्षको प्रचारप्रसारमा कलाकारको भूमिका…

    Read More
  • मुख्य पृष्ठ

    कालोबजारी नियन्त्रण गर ।

    नेपालीहरुको मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण ब्यापक मात्रमा भईरहेको आम गुनासो बढीरहेको भएपनि अहिलेसम्म नियन्त्रण गर्न खाध बिभाग, जिल्ला प्रशासन, स्थानिय तहहरु कसैले प्रभावकारी अनुगमन शुरु गरेकै छैनन् । राज्यले अनुगमन नगर्दा र गरे पनि प्रभावकारी नगर्दा आम उपभोक्ताहरु मर्कामा परिरहेका छन्। गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको…

    Read More
  • चितवन सेरोफेरो

    काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश !

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर २४ को नेपाली काँग्रेसको वडा कमिटी नै नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ । वडा सभापति इन्द्र बहादुर लामाको नेतृत्वमा क्षेत्रिय प्रतिनिधि लाल बहादुर विक, जनप्रतिनिधि सुनिल अर्नेल, कार्यसमिति सचिव रामेश्वर चौधरी, क्षेत्रिय प्रतिनिधि तुल बहादुर मगर, पम बहादुर विक, श्याम बहादुर मुक्तानसहित ४७ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।…

    Read More
  • अपराध/दुर्घटना

    मुग्लिनको गोरखा होटलमा महिलासँगै बसेका पुरुष मृत फेला, महिला भने फरार

    मुग्लिन/चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका गोरखा होटलमा एक महिलासँग सँगै बसेका उक्त पुरुष आज बिहान मृत फेला परेको हो । मृतक पुरुषको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । यस्तै पुरुषसँगै बसेका महिला भने फरार भएको…

    Read More