मुग्लिनको गोरखा होटलमा महिलासँगै बसेका पुरुष मृत फेला, महिला भने फरार

मुग्लिन/चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका गोरखा होटलमा एक महिलासँग सँगै बसेका उक्त पुरुष आज बिहान मृत फेला परेको हो ।

मृतक पुरुषको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । यस्तै पुरुषसँगै बसेका महिला भने फरार भएको छ । उनको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ भने मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको छ ।