गठबन्धन कायम राख्ने काङ्ग्रेस माओवादी सहमति !

काठमाडौं/कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।

शनिबार बिहान बालुवाटारमा यस्तो सहमति भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहान तीन नेताबीचको भएको छलफलमा लिखित सहमति भएको हो।

सहमति पत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं।’