Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    हमासले चुन्यो नयाँ नेता।

    दोहा/हमासले आफ्नो नयाँ नेता चयन गरेको छ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको हो । सिनवार २०१७ देखि गाजापट्टीमा समूह नेताको रूपमा काम गर्दै आएका थिए । यसअघिका नेता इस्माइल हानियाको इरानको तेहरानमा हत्या भएको थियो । हानियाको हत्यामा इजरायलको हात रहेको बताइएको छ…

    Read More
  • मुख्य पृष्ठ

    ट्रम्पलाई मार्ने षड्यन्त्र गरेको आरोपमा पाकिस्तानी नागरिक पक्राउ !

    वासिङ्टन डीसी/पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोपमा इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्रलाई इरानसँग जोडेका छन् । ४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा हिटम्यान हायर गर्ने प्रयास गरेको आरोप लागेको छ । रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा…

    Read More
  • चितवन सेरोफेरो

    सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई विशेष छुट दिने।

    चितवन/चितवनको सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई बिशेष छुट दिने भएको छ । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल गु्रपद्धार सञ्चालित कलेजले भर्नामा सय प्रतिशतसम्म स्कलरसिपको घोषणा गर्दै धमाधम भर्ना आब्हान गरेको जनाएको छ । स्टडी इन नेपाल भन्दै कलेजले यसबर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको हो । कलेजले पढ्दै कमाउँदै गर्ने…

    Read More
  • अपराध/दुर्घटना

    नाग्दी खोलामा पहिरो हटाउने क्रममा माथिबाट खसेको ढुंगाले लाग्दा लोडर चालक घाइते।

    चितवन/चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुंगासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुंगा खस्दा लोडरका चालक घाइते भएका छन् । पृथ्वी राजमार्गमा आज बिहान करिब ७ः४० बजे गएको पहिरो हटाउने क्रममा ९ः२०को समयमा माथिबाट आएको ढुंगाले लागेर लोडर चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते हुनेमा सगुन कन्ट्रक्सनका लोडर चालक गल्छि…

    Read More
  • मुख्य पृष्ठ

    बङ्गलादेशमा अवामी लिगका २० नेताको शव भेटियो

    ढाका/बङ्गलादेशमा भड्किएको हिंसा मत्थर हुने सङ्केत छैन । देशभरमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि दैनिक रूपमा मर्नेको सङ्ख्या बढ्दो छ । यसैबिच पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका २० जना नेताको शव फेला परेको छ । प्रदर्शनकारीहरूले नेतालाई मार्दा तिनका परिवारका सदस्यहरूको पनि मृत्यु भएको बताइएको छ । प्रधानमन्त्रीले राजीनामा दिएर भारत भागेपछि प्रदर्शनकारीहरूले…

    Read More
  • मुख्य पृष्ठ

    बंगलादेशका पूर्वविदेशमन्त्री विमानस्थलबाटै पक्राउ!

    एजेन्सी/बंगलादेशका पूर्वविदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । हसन महमूद देश छोड्न खोजिरहेका थिए। महमूदलाई मंगलबार दिउँसो अध्यागमन प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । यसअघि पूर्वसूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो । बंगलादेशमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री…

    Read More
  • अपराध/दुर्घटना

    बागलुङ बडिगाड पहिरो : ३ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं लगियो

    पोखरा/बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा मंगलबार खसेको पहिरोले घरगोठ बगाउँदा गम्भीर घाइते बनेका ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । प्रतिकुल मौसमका कारण मंगलबारै घाइतेलाई उपचारका लागि लैजान सक्ने अवस्था नभएपछि बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत गम्भीर घाइते ३ जनालाई शिक्षण अस्पताल पुर्‍याइएको हो । बडीगाड–१० आरुपाटामा सुरक्षित ठानेर आश्रय लिएकै घरमा…

    Read More
  • मुख्य पृष्ठ

    तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला!

    झापा/चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताए । “यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट…

    Read More
  • मुख्य पृष्ठ

    बङ्गलादेशमा बन्यो नयाँ सरकार, युनुस बने अन्तरिम सरकार प्रमुख

    ढाका/नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ । शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि देशभर वर्षा हुने, ठाउँ ठाउँमा भारी बर्षा हुनसक्ने!

         काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । कोशी, मधेश, वाग्मती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको…

    Read More