Breaking News

हमासले चुन्यो नयाँ नेता।

दोहा/हमासले आफ्नो नयाँ नेता चयन गरेको छ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको हो । सिनवार २०१७ देखि गाजापट्टीमा समूह नेताको रूपमा काम गर्दै आएका थिए ।

यसअघिका नेता इस्माइल हानियाको इरानको तेहरानमा हत्या भएको थियो । हानियाको हत्यामा इजरायलको हात रहेको बताइएको छ । इस्माइल हानियाको मृत्युबारे इजरायलबाट भने कुनै प्रतिक्रियाआएको छैन। हमासका एक अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार हमास नेतृत्वले सर्वसम्मतिले सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको हो।
मध्यपूर्वमा बढ्दो तनावका बिच यो घोषणा भएको छ । इरान र उसका सहयोगीहरूले हनियाको मृत्युको बदला लिने बताएका छन्।
–बीबीसी

sahid diwas