Breaking News
 | Posts created by Surya Baral
  • सार्वजनिक जग्गा अतिक्रमण गरी निजी मेघापार्क

    सुर्य बराल । नवलपरासी १६ फागुण । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको वडा नं। १ र १७ मा रहेको जग्गामा मेघापार्क रिर्सोट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनेको महिनौं भईसक्दापनि अझै नगरपालिका कुनै प्रभावकारी कार्बाहीमा जान सकेको छैन् । सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी व्यवसाय सञ्चालनका लागि भवन तथा टहरा निर्माण गरेको महिनौ बिति सक्दा पनि देवचुली…

    Read More
  • शेर्पा परिवारमा दुर्घटनामाथि थप दुर्घटना ,दुर्घटनाको शिकार बन्यो आङछिरिङको परिवार

    काठमाडौं । दोस्रो घुन्साको रुपमा ताप्लेजुङमै बुधबार हेलिकप्टर दुर्घटनामा परी व्यावसायी आङछिरिङ शेर्पा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको मृत्यु भयो। शेर्पाको परिवारमा भएको यो तेस्रो दुर्घटना हो। २०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा रेस्क्यू गर्न जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो। उनकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख…

    Read More
  • प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेताको निधन :नेकपा अध्यक्षद्वय

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको जनाएका छन् । अध्यक्षद्वयले बुधबार जारी गरेको शोक वक्तव्यमा अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै…

    Read More
  • भारत–पाकिस्तान तनाव बढ्दै, नेपालको उडान प्रभावित

      काठमाडौं– भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ । नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल…

    Read More
  • हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा,काठमाडौँ पठाउने तयारी

      ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै डाँडा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइएको छ ।  बुधबार रातैभरी बाक्लो हिमपात, कुहिरो र पानीले घटनास्थल पूरै ढाकेकाले शव उठाउन मुश्किल भएपछि आज सबै शव सुकेटार एयरपोर्ट ल्याइएको हो ।  ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाको अनुसार मन्त्री रवीन्द्र अधिकारीसहित…

    Read More
  • सेनालाई १ अर्बका हतियार किनिने

      काठमाडौँ – सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको छ । ‘सेनालाई स्रोतसाधनसम्पन्न बनाउन लागिपरेका छौँ, एक वर्षमा गरेका कामबारे जानकारी दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘सेना राख्ने हो भने हतियार त चाहियो नि ।’ तर, सार्वजनिक खरिद…

    Read More
  • अधुरै रह्यो मन्त्री अधिकारीको जर्मनी पुगेर पर्यटन प्रवद्र्धन गर्ने इच्छा

      काठमाडौं – संस्कृति पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी बिहीबार बिहान जर्मनी जाने कार्यक्रम तय भएको थियो । संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनको आयोजना शनिबारदेखि मंगलबारसम्म हुने कार्यक्रममा जाने निर्धारित कार्यक्रम मन्त्री अधिकारीको थियो । ‘युरो एसिया माउन्टेन कन्क्लेभ’ नाम लिएको कार्यक्रममा भाग लिएर नेपालको प्रवर्द्धन गर्ने मन्त्री अधिकारीको सपना अधुरै रहेको छ…

    Read More
  • अपराध/दुर्घटना

    ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु

      काठमाडौं – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्घटना हुन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने । ‘दुर्घटना हुनुअघि मौसम…

    Read More
  • माग पूरा नगरे आन्दोलनमा उत्रिने ग्यास व्यवसायीको चेतावनी

      काठमाडौँ – ग्यास व्यवसायीहरु आफ्नो लगानीअनुरुप सकारले उचित कमिसन वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् । संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रिने भनिएको…

    Read More
  • चितवन अदालतमा ५१ प्रतिशत मुद्दा फछ्र्यौट ।

    चितवन , १६ फागुन । जिल्ला अदालत चितवनले चालू आवको हालसम्म ५१ प्रतिशत मुद्दाको किनारा लगाएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को फागुन १० गते सम्ममा अदालतले एक हजार ३९४ वटा मुद्दा फछ्र्योट गरेको हो । अदालतमा गत आव २०७४/७५ र यस आव २०७५/७६ को गरी जम्मा दुई हजार ७२२ वटा मुद्दा दर्ता भएका…

    Read More