| Posts created by Surya Baral
  • त्रिविमा १३ करोड अनियमितता !

      काठमाडौँ – त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । विभागीय प्रमुखको हैसियतमा रहँदा त्रिवि कार्यकारी परिषद्को स्वीकृति नलिई यूएसएआईडी र त्रिवीको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ । उप्रेतीले आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन…

    Read More
  • सुन तस्करी प्रकरण स् पालै पालो सबैलाई छाडिदैँ : अब सई बालकृष्ण सञ्जेलको पालो

    विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ । न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत मोरङले गत जेठ…

    Read More
  • मैले जवाफ दिए भने बुद्धिजीवी थला पर्छन्ः प्रधानमन्त्री ओली

      काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’…

    Read More
  • प्यासिफिक समिट र निर्मला प्रकरणमा सञ्चार माध्यमले सरकारको गलत प्रचार गरेः सञ्चारमन्त्री

      काठमाडौँ – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटा सञ्चारगृह र सञ्चारकर्मीमाथि खनिएका छन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा तथा बंग्याएर समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै सञ्चारकर्मीमाथि आक्रोशित भएका हुन् । हालै काठमाडौँमा सम्पन्न एसिया प्यासिफिक समिट र निर्मला पन्त प्रकरणलाई लिएर सञ्चारमाध्यममा आएका समाचारको उनले खण्डन गरेका…

    Read More
  • प्रहरी अनुसन्धान भन्छ : निर्मलालाई सामुहिक बलात्कार

      काठमाडौं — बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । घटनालगत्तै महेन्द्रनगर खटाईएका सिआईबीका अंगुर जिसी निलम्नमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल…

    Read More
  • देश विरोधी गतिविधि बढेको भन्दै राष्ट्रपति सीको ठाडो आदेशमा चीनमा धमाधम चर्च भत्काईंदै

    काठमाडौं । चिनिमा प्रहरीले चर्चहरु भत्काउन सुरु गरेको छ । चर्चहरूमार्फत पश्चिमी देशहरुमा चीन विरोधी गतिविधि बढेको भन्दै चर्चहरु भत्काउन सुरु गरिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।सी जिनपिङ राष्ट्रपति भएपछि अवै ध गतिविधि गर्दै आएका चर्चहरू भत्काउने वा बन्द गराउने नीति लिएका थिए । उनले पश्चिम देशहरुले चर्चमार्फत चिनियाँ सांस्कृतिमाथि नै हमला गर्न लागेको भन्दै…

    Read More
  • निर्मला पन्त हत्या प्रकरण : हत्याराद्वारा अपराध स्वीकार

    काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विगतको अनुसन्धानबाट शंकाको घेरामा रहेका चारजनालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले निर्मलाका छिमेकी प्रदिप रावललगायत अन्य चार जनालाई पक्राउ गरेको हो । रावल काठमाडौंबाट पक्राउ परेका छन् भने…

    Read More
  • एसपी राठौरको चितवन आगमन साँढे ६ महिना पुरा ! जता हेर्‍यो, उत्तै चर्चा !!!

     चितवन , १९ मंसिर । प्रहरी तीन शब्दले बनेको यो पेशा सुन्दा जति मिठो छ, त्यत्ति नै जोखिमयुक्त पनि । प्रहरी संगठन यो पेशा हाम्रोमा मात्रै नभइ संसारभर नै चुनौतीपूर्ण र जोखिमयुक्त मानिन्छ । र, यहीँ विशेष चुनौतीपूर्ण पेशालाइ आकर्षित गर्दै देश र जनताप्रति निरन्तर रूपमा लागिपरिरहेका र शान्तिसुरक्षामा कटिबद्ध भइ सुरक्षाको मामिलामा कहिँल्यै कम्पर्माइज…

    Read More
  • नेपालमा आर्थिक विकास हुन नसक्नुको कारण यसरी खोले रहस्य क. प्रचण्डले

    मंसिर १९, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहालले पुराना ऐन नियम, गलत संस्कार र केही कर्मचारीका कारण मुलुकमा आर्थिक विकास हुन नसकेको बताउनुभएको छ । १० औं कपिलवस्तु महोत्सवको जीतपुरमा आज उद्घाटन गर्दै उहाँले कर्मचारी तन्त्रको कार्यशैलीका कारण विकास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले प्रदेश नम्बर ५ को राजधानीको नाम लुम्बिनी राख्दा कसैलाई आपत्ती…

    Read More
  • गृह मन्त्रालयले यि पाँच जनालाई किन देश निकाला गर्यो ?

    मंसिर १९, काठमाडौं । गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ। जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो। निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन्। उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न…

    Read More