चितवनमा महामारीकै रुपमा डेंगु फैलीदैं : डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु

६ सय २३ जनामा सङ्क्रमण


चितवन । चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट उपचारका क्रममा चार जनाको मृत्यु भईसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार डेङ्गु र स्क्रबटाइफसको कारण चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित जम्मा चारजनाको मृत्यु भएको छ ।
पछिल्लो समय गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
डेङ्गुको कारण मृत्यु हुनेमा गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्ध, रौतहटबाट उपचारका लागि आएका एक ३४ वर्षीय पुरुष र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिए । जिल्लामा दुवै रोगको सङ्क्रमण रोकिनुको साटो फैलिदै गएको छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेङ्गु परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण देखिएको केसीले बताए । जसमध्ये ४५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेको केसीले बताए । भरतपुर महानगरमा पनि डेंगुबाट सबैभन्दा बढी वार्ड नं. १ र ३ प्रभावित भएको छ ।
नालीको कारण डेंगु बढेको । नारायणगढमा रहेको ढलहरुको समयमा निर्माण र उचित ब्यबस्थापन हुन नसक्दा डेंगु बढेको पाईएको छ । नारायणगढको शहिदचोकदेखि बेलचोक जाने बाटोको ढल महिनौबाट निर्माणको नाममा खुल्ला छोकाले डेंगु फैलिएको स्थानिय ब्यबसायीहरु बताउँछन् ।
सचेतना अभियान
महानगरमा सङ्क्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ । जसअन्तर्गत गत शनिबार सचेतना ¥याली निकालिएको थियो । दैनिक माइकिङ गर्ने, लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरले जनाएको छ ।
गैंरजिम्बेवारीपन नै रोग फैलिनुको कारण
यधपी महानगरले नागरिकमा सचेतना अभियान सञ्चालन गरेपनि आफ्नै कारण डेंगु फैलिएको स्विकार्न ढिलाई र कर्मचारीको लापारबाहीले महामारीको रुप लिईसक्दापनि सामान्य सचेतना अभियानमै सिमीत हुनु महानगरको अर्को लापरबाही हो । पुंगीखोलामा फोहर गर्नेलाई कार्बाही गर्न नसक्नु, महानगर भरीको फोहर वडा नं. ३कै नारायणी दोभानमा अब्यबस्थित रुपमा फलिनु लगाएत महानगरकै कारण डेंगु रोग फैलिएको वडा नं. ३ का अधिकांश जनताको बुझाई छ । भण्डाफोर अभियान साप्ताहिकबाट