Breaking News
 | Posts created by Surya Baral
  • चितवन सेरोफेरो

    तेस्रो गैँडाकोट महोत्सवः तीन लाखले गरे अवलोकन

    नवलपुर, २७ माघ । जिल्ला उद्योग वाणिज्य संघ गैँडकोट नवलपुरको आयोजनामा १३ दिनसम्म सञ्चालन भएको महोत्सवको तीन लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । माघ १५ देखि सुरु भएको महोत्सवमा सोमबार अन्तिम दिनसम्म आइपुग्दा तीन लाख भन्दा बढी दर्शकले अवलोकन गरेका संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी…

    Read More
  • अपराध/दुर्घटना

    ललिता निवास प्रकरणः संसद ठप्प, सडकमा संघर्ष, निकास के होला र ?

    काठमाडौं । संघीय संसद प्रतिनिधिसभा आइतबारको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसले अवरुद्ध गर्‍यो । कांग्रेसले प्रतिनिधिसभाको लगातार तेस्रो बैठक अवरुद्ध गरेको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा संलग्न रहेको अनुसन्धानको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसदीय दलका उपनेता एवं पार्टी उपसभापति विजयकुमार गच्छदारदविरुद्ध मुद्दा दायर गरेपछि कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ। उक्त प्रकरणमा १७५…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीसँगको मिलेमतोमै अबैध कालो कारोबार फस्टाउँदै

    प्रहरीले नियन्त्रणमा लिएकाे तस्करीको अवैध मालसमान। रौतहट/रौतहटको मठिया प्रहरी चौकीको मिलोमतोमा नै खुलेआम तस्करी भइरहेको पाइएको छ। आइतबार बिहान रौतहटको मठिया नाकाबाट ठुलो परिमाणमा तस्करीको अवैध मालसमानसहित एक जना भारतीय तस्करलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेपछि तस्करीको यस्तो रहस्य सार्वजनिक भएको हो। प्रदेश २ बाट खटिएको प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले…

    Read More
  • मुख्य समाचार

    को बन्ला नयाँ प्रहरी महानिरीक्षक ?

    नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । यही २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदाइ हुनुहुने छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिका लागि छलफल सुरु भएको छ । सम्भवतः २७ गते साँझसम्ममा सरकारले नेतृत्व चयनका विषयमा नयाँ निर्णय गरिसक्ने अपेक्षा…

    Read More
  • मुख्य समाचार

    फोहोर गरेको भन्दै मेयर द्धारिकालाल चौधरीले २७ वर्ष पुरानो पान पसल बन्द गराए

    इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीप्रति यहाँका व्यवसायीहरु आतकिंत बनेका छन् । आइतबार उनले यहाँ २७ बर्ष अगाडिदेखि पान पसल सञ्चालन गर्दै आएका सुवास शाहको पान पसल बन्द गरेसँगै यहाँका व्यवसायीहरु आतकिंत बनेका हुन् । एक पत्र टाँस गरेर उनले नगरपालिका नजिकै रहेको पान पसले सुवास शाहको पसल बन्द गरेका थिए । मेयर चौधरीले…

    Read More
  • बङ्गलादेशमा बिजुली बेच्ने बाटो खुल्दै

    काठमाडौँ, माघ २७ गते । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र ९लेटर अफ इन्टेन्ट० प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो । कम्पनीका आयोजना प्रमुख…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको निष्कर्ष: निर्मला पन्त हत्या प्रकरणमा अन्ततः दिलीप नै दोषी

    माघ २७/२०७६मातृका दाहाल/ काठमाडौँ/प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ । डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरेको हो । पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य…

    Read More
  • अपराध/दुर्घटना

    मीटर ब्याजी साहुकार रामबाबु यादवसँग बयान सुरु साढे २० करोडको बिगो माग गरी मुद्दा दर्ता, रौनियार अझै फरार

    सर्लाही/कुख्यात साहुकार रामबाबु रायविरुद्ध सर्लाही जिल्ला अदालतले आइतबारदेखि बयान लिन सुरु गरेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा यादवको बयान लिन सुरु गरेको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए । ‘आइतबारदेखि यादवसँग बयान लिन सुरु भएको छ,’ उनले भने, ‘भोलि फेरि थप बयान हुनेछ ।’ बयान नसकिएकाले उनलाई पुनः जिल्ला प्रहरी कार्यालय मलंगवाकै हिरासतमा पठाइएको जिल्ला अदालतले जनाएको…

    Read More
  • अपराध/दुर्घटना

    कुमार पौडेलको ‘फेक इन्काउन्टर’: जाहेरी लिन अस्वीकार महानिरीक्षकविरुद्ध समेत किटानी

    कुमार पौडेलको हत्या घटनामा संलग्न प्रहरीमाथि फेरि कारबाही प्रक्रिया रोकिएको छ । गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले हत्यामा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई निर्देशन दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । पीडित परिवारले हुलाकमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाएका छन् । मृतककी आमा दुर्गादेवी बिहीबार जाहेरी लिएर जिल्ला प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    ललितानिवास जग्गा प्रकरण : गृह मन्त्रालयको स्वीकृतिलगत्तै मुद्दा दर्ता गर्दै सीआईबी

    काठमाडौं । ललितानिवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले केही दिनमै जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार ललिता निवास जग्गा प्रकरणको विषयमा सीआईबीले गरेको अनुसन्धानबारे आइतबार साँझसम्म निर्णय गर्ने तयारी गरिएको छ । त्यसको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो…

    Read More